आइतबार ०३ आश्विन २०७८

चीनले नेपाललाई करिब एक अर्ब रुपैयाँ (चिनियाँ मुद्रा ५० लाख) को स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताउनुभएको छ ।

अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले कोभिड–१९ ले थलिएको अर्थतन्त्रलाई गति दिन तथा आर्थिक पुनःरुत्थानका निम्ति पनि क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोगको मात्रा वृद्धि आवश्यक भएको बताउनुभयो ।

सम्मेलनका क्रममा चीनको राज्यपरिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले कोरोनाविरुद्धको नेपालको राष्ट्रिय लडाइँमा चिनियाँ युआन ५० लाख बराबरका चिकित्सा उपकरण र सामग्री अतिरिक्त अनुदानस्वरुप उपलब्ध गराउने घोषणा गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको
छ ।

सम्मेलनमा सहभागी मन्त्रीले कोभिड–१९ को महामारीविरुद्ध लड्न, रोजगारी र जनताको जीवन जोगाउन तथा अर्थतन्त्रलाई पुनर्जीवन दिन व्यावहारिक सहयोगलाई सबल बनाउन सहमति जनाउनुभएको पनि मन्त्रालयले जनाएको छ ।

चिनिया खोप हस्तान्तरण समारोह फाइल फोटो- ८ लाख डोज कोरोनाको खोप हस्तान्तरण गर्दाको बेला

 


Last Updated on: April 28th, 2021 at 7:50 pm
१४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया