शुक्रबार ०८ आश्विन २०७८

प्रतिपक्ष दलहरुले अविश्वासको प्रस्ताव दर्ता गर्ने सुचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार विहान आकस्मिक बैठक बोलाएका छन् ।

एमाले आफ्नो समुहको बैठक विहान १० बजे बालुवाटारमा बोलाइएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादीले सांसदहरुको हस्ताक्षर तयार पारेको छ ।

हस्ताक्षर तयार भएपछि सम्भवः आज नै ओलीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदैछ । अविश्वासको प्रस्ताव आउन थालेपछि ओलीले आकस्मिक बैठक बोलाएका
हुन् ।

राति ११ बजे आकस्मिक बैठकको सुचना केन्द्रीय सदस्य र सांसदहरुलाई दिएको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपाल सहितका सांसदहरु अविश्वास प्रस्तावका पक्ष वा विपक्ष कहाँ उभिन्छन् रु त्यो एकिन भइसकेको छैन ।

तर ओली नेपाल पक्ष अविस्वासका पक्षमा उभिने आँकलन गर्न थालेका छन् । नेपाल पक्ष अविस्वासका पक्षमा उभिने भन्दै उनीहरुलाई आज सांसदबाट बर्खास्त गर्ने तयारी पनि गरिएको छ ।

केही दिनअघि ओलीले नेपालसहितका २७ संघिय सांसदलाई स्पष्टीकरण सोधेका थिए ।

त्यही आधारमा ओलीले २७ सांसदलाई पदमुक्तको निर्णय गर्न लागेको स्रोतले बताएको छ ।

ओलीले कारवाहीको डण्डा बर्साउन थालेपछि नेपाल पक्षका सांसदहरु रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । रिटको पेशी आज तोकिएको छ ।

सर्वोच्च अदालतबाट आदेश आउनुअघि नै सांसदहरुलाई निलम्बनको निर्णय गर्न ओली हतारिएका छन् ।

 


Last Updated on: April 25th, 2021 at 7:56 pm
११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया