आइतबार ०३ आश्विन २०७८

काठमाडौं

तत्कालीन नेकपाभित्र विवाद चर्किएका बेला नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेतिर प्रवेश गरेका नेता प्रभू साहलाई झड्का लागेको छ ।

नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरूको जिम्मेवारी हेरफेर तथा बाँडफाँड गर्दै नेता साहलाई भूगोलको जिम्मेवारीबाट हटाएको छ ।

२ नम्बर प्रदेश अध्यक्ष रहेका साहलाई भूगोलको जिम्मेवारीबाट हटाइएको हो । साहलाई हटाएर माओवादी केन्द्रबाटै एमाले प्रवेश गरेकी ज्वालाकुमारी साहलाई प्रदेश अध्यक्ष बनाइएको छ ।

शहरी विकास मन्त्री समेत रहेका साहलाई पार्टी विभाग तथा पेशागत संगठन इन्चार्ज बनाइएको छ । पार्टीको भूगोलको जिम्मेवारी प्रभावशाली मानिन्छ ।

भूगोलको जिम्मेवारीमा रहेका नेताहरूले चुनावमा टिकट बाँड्नेदेखि भूगोलको कमिटी परिचालनमा सक्रिय हुन पाउँछन् ।

तर प्रभू साहलाई प्रदेश अध्यक्षको जिम्मेवारीबाट हटाएर शहरी विकास विभाग प्रमुख, पेशागत महासंघ नेपाल तथा सम्बद्ध संगठनहरू र नेपाल बुद्धिजीवि परिषद् तथा सम्बद्ध संगठनको इञ्चार्ज बनाइएको छ ।

२ नम्बर प्रदेशको प्रदेश इन्चार्जको जिम्मेवारी रघुवीर महासेठले पाएका छन् । एमाले बैठकले कार्यविभाजन गरेर २६५ जना नेतालाई जिम्मेवारी दिएको छ ।

 


Last Updated on: April 24th, 2021 at 7:49 pm
२०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया