आइतबार ०३ आश्विन २०७८

काठमाडौं

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा द्वन्द्वकालिन तीन वटा मुद्दाको पेशी चढेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध आज ३ वटा मुद्दाको पेशी चढेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली सभामुखसँग असन्तुष्ट रहेको पछिल्लो समय ओलीले दिनेगरेका अभिव्यक्तिबाट प्रष्ट हुन्छ ।

एमसिसी प्रकरणमा सभामुख र प्रधानमन्त्रीबीच विवाद चर्केको बेला आएको एकमुष्ठ पेशीले मंगलबार बिहानैदेखि मुलुकको राजनीति तातेको छ ।

द्वन्द्वकालको मुद्दासँग जोडिएको पेशी अहिले सर्वोच्च अदालतमा एकाएक चढेको हो ।

सापकोटा सञ्चार मन्त्री हुँदा १० वर्षअघिको काभ्रेमा अर्जुन लामाको हत्यासम्बन्धी मुद्दा यतिखेर बल्झिएको
छ ।

राष्ट्रपतिका पूर्व सल्लाहकार सुशील प्याकुरेल र कनकमणि दिक्षितसहितले हालेको रिट निवेदनको पेशी आजै चढ्नुलाई पनि अर्थपूर्ण ढंगले हेरिएको छ ।

एकातिर सभामुखको भूमिकालाई लिएर प्रधानमन्त्रीले चर्को आलोचना गर्नु,अर्कोतिर संसद अधिवेशन अन्त्य गरिएको भोलिपल्ट पेशी चढ्नुलाई व्यवस्थापिका प्रमुखलाई खुस्काउनै खोजिएको रुपमा बुझ्न थालिएको
छ ।

एमसीसीलगायतका विषयमा दोषी ठहर गरेर एकातिर प्रधानमन्त्रीले सभामुख हटाउन खोज्नुएको सन्देश प्रवाह भएको छ ।

अर्कोतिर अदालतमा सभामुखविरुद्ध एक दशकअघिका मुद्दा एकमुष्ठ पेशी चढ्नुले गतिलो संकेत नगरेको बताइन्छ ।

अहिले सभामुख र प्रधानमन्त्रीबीच विवाद चर्केको बेला सर्वोच्च अदालतमा चढेको एकमुष्ठ पेशीले सबैलाई झस्काइदिएको छ ।

 


Last Updated on: April 23rd, 2021 at 7:44 pm
१७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया