आइतबार ०३ आश्विन २०७८

विराटनगरबाट धनकुटाको जितपुर जाँदै गरेको यात्रुबस दुर्घटना भएको छ ।

बिहीबार दिउँसो भेडेटार–धनकुटा सडकखण्डको भोजपुरे गोलाईमा दुर्घटना भएको उक्त दुर्घटनामा परेर ६ जना घाइते भएका छन् ।

को १ ख ७७७९ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकामध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले बताए ।

घाइते हुनेहरूमा महालक्ष्मी नगरपालिका–७ का ४५ वर्षीया शान्दिदेवी भट्टराई, ४५ वर्षीया गोविन्द भट्टराई, ६९ वर्षीय वीरबहादुर श्रेष्ठ, ४५ वर्षीया रुद्रकुमारी श्रेष्ठ, मोरङको विराटनगर–की २५ वर्षीया सरस्वती श्रेष्ठ र सुनसरी रामधुनी नगरपालिका–३ का २८ वर्षीय गोविन चौधरी घाइते भएका छन् ।

घाइतेहरूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ

 


Last Updated on: April 22nd, 2021 at 10:17 pm
९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया