आइतबार ०३ आश्विन २०७८

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई संघीय परिषद् अध्यक्ष रहेको नयाँ सरकरको चाबी हातमा बोकेर हिडेको जसपा नेपाल फुटेको घोषणा भएको छ ।

सत्ता समीकरणमा निर्णायक जनता समाजवादी पार्टी ९जसपा० नेपाल औपचारिक रुपमै विभाजनको घोषणा भएको छ । अध्यक्ष उपेन्द्र यादवको सचिवालयले पार्टी फुटेको घोषणा भएको हो ।

गत वैशाखमा राजपा र समाजवादी पार्टीबिच एकता भई जसपा बनेको थियो । राजपाको नेतृत्व महन्थ ठाकुरले गरेका थिए भने समाजवादी पार्टीको नेतृत्वमा उपेन्द्र यादव र बाबुराम भट्टराई थिए ।

अहिले महन्थ ठाकुर नेतृत्वको राजपा केपी ओली सत्ताबाटै मधेसका मुद्दा टुंग्याउनुपर्ने भनेर वार्ता गरिरहेको छ ।

तर उपेन्द्र र बाबुरामको समाजवादी पार्टीले नयाँ गठबन्धनका लागि माओवादी केन्द्र र कांग्रेससँग वार्ता गरिरहेको छ ।

मधेस मुद्दा र नयाँ सत्तालाई लिएर पार्टीभित्र प्रष्ट रुपमा दुई लाइन देखिएका बेला उपेन्द्रको सचिवालयले पार्टी एकता भंग गरेर समाजवादी पार्टी ब्युँतिएको घोषणा गरेको हो ।

उपेन्द्रका छोरा एवं जसपा महानगर समिति अध्यक्ष अमरेन्द्र यादवले समाजवादी पार्टी ब्युँतिएको घोषणा गरेका हुन् ।

अमरेन्द्रले प्रधानमन्त्री केपी ओलीलाई हटाउन समाजवादी पार्टी जसपाबाट अलग्गिएको उल्लेख गरेका छन् । यसका लागि माओवादी केन्द्र, कांग्रेस, राष्ट्रिय जनमोर्चा, समाजवादी पार्टी बिच गठबन्धन बन्ने निश्चित भएको अमरेन्द्रले जानकारी दिएका छन् ।

अमरेन्द्र उपेन्द्र यादव उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री हुँदा स्वकीय सचिव समेत थिए । अमरेन्द्रले महन्थ ठाकुर र राजेन्द्र महतोलाई मुर्ख पनि भनेका छन् । ठाकुर र महतोको मुर्खताले दुई तिहाईको कोमहल सम्म चकनाचुर भएको उल्लेख गरेका छन् ।

त्यसो त जसपामा बाबुराम भट्टराई पनि समाजवादी पार्टी अलग गरेर नयाँ सत्ता गठबन्धन गर्ने पक्षमा छन् । तर महन्थ ठाकुर भने नयाँ गठबन्धनको पक्षमा छैनन् ।

मधेसका मुद्दामा जहिल्यै ठगेकाले अहिले ओली सत्ताबाटै समाधान गर्ने पक्षमा छन् । उनी परिआए नेतृत्व लिन पनि तयार भएर बसेका छन् ।

तर गठबन्धन नगर्ने र सत्तामा नजाने अडानमा छन् । यादवलाई मधेसका एक जना विश्लेषकले भष्मासुरको संज्ञा दिएका छन् ।

 


Last Updated on: April 20th, 2021 at 7:12 pm
४२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया