आइतबार ०६ आषाढ २०७८

काठमाडौं

नेकपा एमालेमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच नेताहरू तान्ने प्रतिस्पर्धा चलिरहेका बेला तनहुँमा माधव नेपाल पक्षको समानान्तर कमिटीमा रहेका नेताहरू ओलीतिर लागेका छन् ।

नेकपा एमाले तनहुँका जिल्ला उपसचिव विष्णुभक्त सिग्देल र युवा संघका केन्द्रीय सदस्यहरूले आज मंगलबार एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेत उपस्थिति रहेको कार्यक्रममा सहभागी हुँदै माधव नेपाल पक्ष छाडेको घोषणा गरेका छन् ।

ओली पक्षका प्रभावशाली नेता महेश बस्नेत यतिबेला तनहुँ पुगेका छन् ।

तनहुँको राष्ट्रिय युवा संघ नेपालको जिल्ला स्तरीय र्‍याली तथा आमसभामा सम्बोधन गर्न बस्नेत तनहुँ पुगेका छन् ।

कार्यक्रममा एमाले तनहुँका जिल्ला उपसचिव विष्णुभक्त सिग्देल र नरेश शाही नेतृत्वको युवा संघका केन्द्रीय सदस्यहरू नारायण थापा र सुशील सिग्देलले माधव नेपाल पक्ष छाडेर संस्थापन ओली पक्षमा लागेको जानकारी
दिए ।

आबुखैरेनी, डुम्रे, भिमाद, शुक्लागण्डकी लगायत स्थानबाट आएको मोटरसाइकल र्‍यालीले दमौली बजार परिक्रमा गरेको थियो ।

युवासंघ इन्चार्ज महेश बस्नेत, केन्द्रीय अध्यक्ष वचनबहादुर सिंह, सहअध्यक्ष किरण पौडेल लगायतको टीम ३ वटा अभियान लिएर हिँडेको छ ।

 


Last Updated on: April 15th, 2021 at 7:09 pm
१०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया