शुक्रबार ०४ आषाढ २०७८

पोखरा – गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।

गण्डकी प्रदेशसभा बैठकमा बुधवार सम्बोधन गर्दै माओवादी केन्द्र संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सरकारमा बसेर सरकारकै विरोध गर्नु अनैतिक बताउँदै बाहिरिएको बताए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा माओवादी केन्द्रका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्थामन्त्री लेखबहादुर थापा मगर गरी २ मन्त्री थिए ।

उनीहरूले पार्टीको संसदीय दल बैठकको निर्णयअनुसार राजीनामा पत्र बुझाएको बताएका छन् ।

माओवादीका २ मन्त्रीले राजीनामा बुझाए पनि गण्डकीमा राष्ट्रिय जनमोर्चाको समर्थन कायम रहेसम्म मुख्यमन्त्री गुरुङ सुरक्षित देखिएका छन् ।

कूल ६० सदस्य रहेको प्रदेश सभामा एमालेका २८ सांसद रहेका छन् भने जनमोर्चाका ३ सदस्य छन् ।

बहुमत पुग्न ३१ जना आवश्यक पर्छ । प्रदेश सभामा माओवादीका १२ र नेपाली कांग्रेसका १५ सांसद रहेका छन् ।

आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

 


Last Updated on: April 8th, 2021 at 7:18 pm
१७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया