शुक्रबार ०४ आषाढ २०७८

काठमाडौँ

नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले बहुमत कमिटि आफूहरुसँगै रहेको दावी गर्नुभएको छ ।

कलंकीमा सम्पन्न भएको नेकपा एमाले नेपाल समूहको बैठकपछि बोल्दै उहाँले नेकपा एमालेको असली पक्ष आफूहरुनै भएको दावी गर्नुभयो ।

‘बहुमत हामीसँगै छ, केपी ओली पक्षले जे गर्दै हुनुहुन्छ, बरु त्यो समानान्तर हो ।’

उहाँले भन्नुभयो ।आजको छलफलमा मूलत् हाम्रो पार्टीका उपमहासचिब घनश्याम भुसाल, र स्थायी कमिटि सदस्य सुरेन्द्र पाण्डेलाई ओलीे गरेको कारवाहीको जानकारीलाई छलफलले स्वेच्छाचारी कदम भएको ठहर गरेको उहाँले बताउनुभयो ।

‘विधान विपरीत भएको कारवाही पूर्वाग्राही छ ।’ उहाँले भन्नुभयो । ‘कमरेड केपी ओली नेकपा एमाले विभाजन गर्न उद्यत छन् ।’

केही दिन अघि सम्पन्न भएको राष्ट्रिय भेलाले बनाएको अवधारणपत्रमाथि सुझावसहित छलफल गर्ने र भोली अन्तिम रुप दिएर वितरण गरिने समेत जानकारी दिनुभयो ।

‘देशव्यापी रुपमा एमालेको संगठन विस्तार र सुदृढिकरण अभियान चलाउने, र राष्ट्रव्यापी कार्यक्रमको ढाँचा ल्याउने निर्णय भएको छ’, उहाँले भन्नुभयो ।

उक्त बैठकले फागुन २३ गते सर्वाेच्चले गरेको फैसलाअनुसारको कार्यान्वयन प्रधानमन्त्री समेत रहेका ओलीले पालना नगरेको भन्दै देशभरका कमिटिहरुलाई सोही अनुसार पालना गर्न समेत निर्देशन दिएको छ ।


Last Updated on: April 7th, 2021 at 8:12 pm
२६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया