आइतबार ०६ आषाढ २०७८

काठमाडौं

प्रधानमन्त्री केपी ओली पछिल्लो समय नेपाली राजनीतिका चतुर खेलाडी हुन् । करिब ६ वर्षदेखि नेपालको राजनीति ओलीकै वरिपरि घुमिरहेको ।

०७१ सालमा एमालेको अध्यक्ष निर्वाचित भएलगत्तै राजनीतिक विश्लेषकहरूले ‘नेपाली राजनीतिमा ओलीको उदय’ भएको टिप्पणी गरेका थिए ।

भएको पनि त्यस्तै छ । आफू कुर्सी र नेतृत्वमा पुग्न ओली जस्तोसुकै सम्झौता र सहमति गर्न पछि पर्दैनन् भन्ने कुरा केही उदाहरणले नै पुष्टि गर्छ ।

एमालेको अध्यक्ष बन्न उनले आफ्ना विरोधी वामदेव गौतमलाई प्रभावित बनाए । उनलाई विभिन्न लोभलालच र आश्वासन दिए । नत्र नवौं महाधिवेशनमै ओली होइन, माधवकुमार नेपाल अध्यक्ष बन्ने थिए । ओली ५५ मतले मात्र विजयी भएका हुन् ।

यदि वामदेव गौतम माधव नेपालकै पक्षमा रहेका भए ओली कहिल्यै एमाले अध्यक्ष बन्ने थिएनन् । आफू अध्यक्ष निर्वाचित भएपछि ओलीले माधव नेपाल समूहलाई भित्तासम्मै लगेर पेल्यो ।

०७४ को निर्वाचनमा ओलीले वामदेवलाई बर्दियाबाटै हराउन विशेष भूमिका खेलेको एमाले नेताहरु नै बताउँछन् ।

वामदेवको अहिलेको हालत घरको न घाटको भएको छ । निर्वाचनताका ओलीले आफू प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्बन्ध सुधार गरे । कांग्रेसको सरकारमा रहेका बेला प्रचण्डले ओलीसँग घाँटी जोडे ।

प्रचण्डसँगको घाँटी जोडाइले ओलीले प्रधानमन्त्री पद
पाए ।

प्रचण्डलाई आधा कार्यकाल दिन्छु भनेर भद्र सहमति गरे । तर, पछि उनले प्रचण्डले प्रधानमन्त्री त के नेकपाको एकता नै विभाजन गरिदिए ।

ओलीकै धोकाका कारण प्रचण्डको अहिलेको हालत सबैले देखेकै छन् ।

अहिले ओली जसपालाई ललिपप देखाइरहेका छन् । त्यसका लागि उनले महन्थ ठाकुर र राजेन्द्र महतोलाई फकाइरहेका छन् ।

तराई मधेसमा पस्न नसकेकाले ओलीले ठाकुर र महतोलाई फकाइरहेका छन् । यतिबेला उनलाई जसपाको निकै ठूलो भर चाहिएको छ ।

यदि माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा जसपालाई सरकारमा ल्याउने उनको तयारी छ ।

तर, ओलीसँगको डेढ वर्षे सहकार्यले जसपा भन्ने पार्टीको राजनीति धरातलमा पुग्ने निश्चित छ । किनभने आफ्नो स्वार्थ पूरा भएपछि त्यसलाई रद्दीको टोकरीमा फाल्ने ओली प्रवृत्ति नै हो ।


Last Updated on: April 5th, 2021 at 7:10 pm
८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया