आइतबार ०६ आषाढ २०७८

काठमाडौं

नेकपा (एमाले) का प्रभावशाली नेता जगन्नाथ खतिवडाले पार्टीभित्र अब पहिरो जाने बताएका छन ।

सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा खतिवडाले यस्तो बताएका हुन ।

उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाउने अभियानमा लागेको आरोप लगाए ।

वरिष्ठ नेता खतिवडाले प्रधानमन्त्री ओलीले देशैभरि समानान्तर कमिटी बनाउने काम गरेको भन्दै आलोचना गरे ।

यसअघि नेता नेपालले नभएर बहुमत केन्द्रीय कमिटी सदस्यहरुले ओलीलाई कारबाही गरेको उनले बताए ।

तर, अहिले ओलीले गरेको निर्णय सबै अवैधानिक रहेको पनि उनले दावी गरे ।

अहिले ओलीले बनाएको कमिटी अवैद्य रहेको खतिवडाले टिप्पणी गरे ।< उनले अध्यक्ष ओलीले जतिसुकै निर्णय र कारबाहीगरे पनि आफूहरुले त्यसलाई खारेज गर्ने उद्घोष गरे ।

उनले विधानभन्दा बाहिर गएर गरेको निर्णय तथाकथित पाखण्डमात्रै भएको टिप्पणी गरे । https://www.youtube.com/watch?v=3x_jRqZGSBY&t=1879sउनले आफूहरु राजनीतिमा कमजोर नभएको बताए ।

सत्यको शक्ति माधव नेपाल पक्षसँग रहेको र बेईमानीको शक्ति केपी ओलीसँग रहेको पनि उनको उनले बताए । उनले अन्ततः केपी ओली हार्ने र माधव नेपालको जित हुनेपनि दावी गरे ।


Last Updated on: April 4th, 2021 at 8:18 pm
१०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया