शुक्रबार ०४ आषाढ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफूले राजीनामा दिने घोषणा गरेका छन् ।

शनिबार प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत १६५ सडक निर्माण कार्यक्रमको शुभारम्भ कार्यक्रममा यस्तो बताएका हुन्।उनले आफ्नो राजीनामा अहिले मात्रै नभएर पटकपटक मागिँदै आएको बताउँदै उनले मागपिच्छे आफूले राजीनामा दिन नसक्ने बताए। उनले आफूलाई हटाउन आग्रह गरे पनि समर्थन फिर्ता नलिइएको बताए।

‘प्रधानमन्त्रीको राजीनामा आज मागिएको होइन्, मागिएको मागिएइ छ त। मागैपच्छिे म कसरी दिनसक्छरु एउटाले माग्दैन, एकदिन माग्दैन, दुईदिन माग्दैन, माग्या छ माग्या छ’, उनले भने, ‘ए बाबा, हटाउ न त।

समर्थन फिर्ता लिइदेउ भन्छु त्यो पनि लिँदैनन्। अनि राजीनामा माग्छन्। राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न।’

उनले समर्थन फिर्ता पनि नगर्ने राजीनामा पनि माग्न नछाड्ने काम चलिरहेको र मिडियाले पनि मेलम्चीको पानीभन्दा प्रधानमन्त्रीको राजीनामालाई महत्व दिएको भन्दै आक्रोश व्यक्त गरे।यस्तै ओलीले ताजा जनदेशबाट अहिलेको संसदीय अंकगणित हेरफेर नगरे देश अगाडि नबढ्ने दाबी गरेका छन्।

शनिबार निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत १६५ सडक निर्माण कार्यक्रमको शुभारम्भ कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको देशको आवश्यकता र संसदीय अंकगणित मेल नखाएको बताए।

‘कहिले देशको आवश्यकता र संसदको गणित फरक पर्छ। कहिले कृत्रिम ढंगले केही मानिसले संसदीय अंकगणितलाई यताबाट उता, उताबाट यता सार्दिन्छन्, मिलाइदिन्छन्’, उनले भने, ‘संसदीय अंकगणितले राष्ट्रिय आवश्यकताको सधै प्रतिनिधित्व गर्छ भन्न सकिँदैन।

त्यस्तो भयो भने सार्वभौम जनताबाट संसदीय अंकगणितमा अनुपयुक्त खेल भइरहेको छ भने र त्यसले उपयुक्त आकार लिने सम्भावना छैन भने ताजा जनादेशमा जानुपर्छ।’

उनले ताजा जनादेश कसैको निहित स्वार्थमा नभई देश र जनताको आवश्यकताका आधारमा जानुपर्ने बताए।उनले देशको, जनताको, विकासको आवश्यकता अनुसारको अंकगणित संसदमा बनानुपर्ने बताए।

उनले संसद सरकार बनाउने, संविधान संशोधन, कानुन निर्माण परिवर्तन गर्न थलो भएको बताउँदै त्यसलाई देशको आवश्यकता अनुसारको बनाउनुपर्ने बताए।

‘संसद सरकार बनाउने, संविधान संशोधन, कानुन निर्माण र परिवर्तन गर्न सक्ने थलो हो। त्यो थलोलाई देशको आवश्यकता अनुसार अंकगणितीय बनावटमा लैजानुपर्छ’, त्यसलाई भरसक म्याने गर्न सक्नुपछरु त्यो आवश्यकताभन्दा विपरीत भयो, विभिन्न व्यक्ति र तत्वमा गयो भने ताजा जनादेशमा जानुपर्छ।उनले आवधिक र देशको आवश्यकतासँग अंकगणित मेल नखाएपछि ताजा जनादेशमा जानका लागि आफूहरुले संसद विघटन गरेको दावी गरे।

‘राष्ट्रिय आवश्यकतासँग अंकगणितले तादात्मयता राखेन, राख्न कोशिस गर्यौ, भएन। तब ताजा जनादेशमा जानु पर्थ्यो’, उनले भने, ‘मेरो विचारमा ढिलोचाढो ताजा जनादेशमा गएर अहिलेको अंकगणितमा हेरफेर नगरी, अनुकूल अंकगणितविना देश अगाडि जानै सक्दैन।

त्यसकारण फेरि पनि हामी ताजा जनादेशमा जानुपर्ने हुन्छ। अबको अंकगाणितको वनावट देश र जनताको आवश्यकता पूर्ति गर्ने खालको हुनुपर्छ।’

 


Last Updated on: April 3rd, 2021 at 9:05 pm
७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया