आइतबार ०६ आषाढ २०७८

काठमाडौं,

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई सांसदबाट हटाउने तयारी भएको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदबाट नै हटाउने तयारी गरेका हुन् ।

ओलीनिकट सांसद खगराज अधिकारीले सांसदबाट नै हटाउन लागिएको खुलासा गरेका हुन् ।

उनले ऋषि धमलासँगको रेडियो एनआरएनसँगको अन्तवार्तामा भने,‘देशी विदेशी प्रतिक्रियावादीसँग मिलेर षड्यन्त्र गर्नेलाई किन सांसद राखिरहनुपर्यो र ?’ उनले नेपाल कम्युनिस्ट नभएको आरोप समेत लगाए ।

माधव नेपालको कार्यशैली देश, जनता र पार्टी हितविपरित भइरहेकाले सांसद पदमा समेत नराखिने बताए ।

उनले नेपालमाथि प्रचण्डको नर्सरी भएको आरोप समेत लगाए । माधव नेपाललाई कुनै हालतमा नेता मान्न नसकिने उनको भनाई थियो ।

यसअघि ओलीले नेपाललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका थिए । त्यसपछि उनले समानान्तर कमिटी गठन गरेका छन् । नेपाललाई अब सांसद पदबाटै हटाउने तयारी बढेको छ ।

यसैगरी, माधव नेपालनिकट नेता भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि सांसदबाट हटाउने तयारी भएको छ । उनीहरुलाई यसअघि पार्टीबाट निलम्बन गर्ने निर्णय ओलीले गरिसकेका छन् ।

 


Last Updated on: April 2nd, 2021 at 8:55 pm
७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया