आइतबार ०६ आषाढ २०७८

प्रतिनिधिसभा पुनःस्थापनाको एक महिना र हप्ता दिन बितिसक्दा यी सबै अनुमान गलत साबित भएका छन् । राजनीतिक यथार्थ अर्कै देखिएको छ ।

प्रतिनिधिसभा पुनःस्थापनाका ३७ दिनसम्म प्रधानमन्त्री ओलीको विकल्पको खोजी समेत सुरु भएको छैन ।

प्रधानमन्त्री ओलीविरुद्ध कडा अभिव्यक्ति दिने जसपाको महन्थ ठाकुर पक्ष ओली सरकारको रक्षा कवच बनिरहेको छ ।

अनि, वैकल्पिक सरकारको नेतृत्व दाबी गर्ने र बाँकी दललाई सहमतिमा ल्याएर गठबन्धन बनाउने अपेक्षा गरिएको प्रमुख प्रतिपक्षी दल कांग्रेसको नेतृत्व ओलीकै नेतृत्वमा मंसिरमा अर्को चुनाव घोषणाको पक्षमा छ ।

यो संसद्को अंकगणितले वैकल्पिक सरकार बनाउन सक्ने अवस्था छैन,” कांग्रेस नेता लेखकले भने, “यस्तो सबै हिसाबले अनैतिक भएको सरकार संसद्ले हटाउन सक्दैन भने जनमतबाट हटाउनुपर्यो ।

त्यसका लागि निर्वाचन एक मात्र विकल्प हो ।” कांग्रेसमा संस्थापनको तयारीप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने सकारात्मक हुनसकिरहेको छैन ।

त्यसैले उसले आफ्नै नेतृत्वलाई खबरदारी गरिरहेको छ । “हामै पार्टीका साथीहरु पनि मंसिरको चुनाव भन्दै हुनुहुन्छ ।

संविधानको रक्षाका लागि यो संसद्लाई पूरा समय काम गर्न दिनुपर्छ । संविधान भत्काउनेहरुलाई निरुत्साहित गर्नुपर्छ,” पौडेलले मंगबार ट्रेड युनियन कांग्रेस काठमाडौंले गरेको कार्यक्रममा भने, “व्यवस्था जोगियो भने सत्ता पटक–पटक आउँछ ।

व्यवस्था भत्कियो भने सत्ताको औचित्य नै समाप्त हुनसक्छ ।” उनले कांग्रेसले संसद् र संविधान भत्काएर गरिने चुनावको पक्षमा नभएर यही संसद्बाट अधिनायकवादीको विकल्प दिनुपर्ने बताएका छन् ।

जसपा सरकारमा पनि जाँदैन, वैकल्पिक सरकार बन्न पनि दिँदैन,” मधेसबाट चुनाव जितेका सीमितमध्येका कांग्रेस सांसद अमरेश सिंहले भने, “माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि केपी ओली अल्पमतमा पर्छन् ।

जसपाले समर्थन नगर्दासम्म नयाँ सरकार बन्न सक्दैन । त्यसपछि आगामी मंसिरका लागि चुनाव घोषणा हुन्छ ।”

उनले यहाँका निर्णयक शक्तिले घोषणा गर्दैमा चुनाव नहुने भन्दै चुनावको सुनिश्चितता इन्डो–अमेरिकन शक्ति र चिनियाँ शक्तिबाट निर्देशित हुने बताएका छन् ।

जसपाका ठाकुर पक्ष नेताहरुले भने सरकारसँग वार्ता जारी रहेको भन्दै माग सम्बोधन हुनेरनहुने सुनिश्चित नभएको र त्यसपछि के हुने भन्ने विषयमा पनि कुनै निर्णय नभएको बताउने गरेका छन् ।

 


Last Updated on: April 1st, 2021 at 9:53 pm
९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया