शुक्रबार ०४ आषाढ २०७८

पाल पत्रकार महासंघको आसन्न २६ ‌औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामजी दाहालले उम्मेदवारी फिर्ता लिएका छन् ।

नेपाल पत्रकार महासंघले यही चैत २५ गते सम्पन्न हुने केन्द्रीय समितिको निर्वाचनको लागि चैत १४ गते प्रकाशित उम्मेदवारहरूको नामावलीमा फिर्ता लिने समय चैत १७ गते दिउँसो ३ बजेसम्म कायम गरिएकोमा बेलुका ५ बजेसम्म बढाइएको थियो ।

तर उक्त समयमा उम्मेदवारी फिर्ता नलिएका दाहालले आज भने उम्मेदवारी फिर्ता लिएका छन् ।

वरिष्ठ उपाध्यक्षको लागि नेपाल प्रेस युनियन लगायत ११ संगठनको गठबन्धनबाट रमेश विष्टले उम्मेदवारी दिएका छन् ।

तर युनियनकै रामजी दाहालले बागी उम्मेदवारी दिएकोमा अहिले आएर उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

अब वरिष्ठ उपाध्यक्ष पदको लागि माधव नेपाल र रमेश विष्टको मात्र चुनावी भिडन्त हुने भएको छ ।

 


Last Updated on: April 1st, 2021 at 8:11 pm
१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया