शुक्रबार ०४ आषाढ २०७८

नयाँ मन्त्रीपरिषद्मा नेकपा माओवादी केन्द्र छाडेका र माधव नेपाल समूह त्यागेका सांसदहरुलाई अवसर दिनेगरी प्रदेश १ सरकारले मन्त्रालयको जिम्मेवारी दिन लागेको
छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलेआज आफ्नो मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् ।

मन्त्रिमण्डलमा चार जना मन्त्री थप हुने
माओवादी केन्द्र छाडेका सांसद् टङ्‍क आङ्बुहाङ, माधव नेपाल समूह छाडेका सांसदहरू कला घले, राजकुमार ओझा र उषाकला राईलाई मन्त्री बनाउने तयारी रहेको छ ।

राई सामाजिक विकास मन्त्रालय, आङ्बुहाङलाई आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको बुझिएको छ ।

यसैगरी राज्यमन्त्री राम राना मगर र अम्बिरबहादुर गुरुङलाई मन्त्रीमा बढुवा गर्ने तयारी पनि भएको छ।

 


Last Updated on: March 27th, 2021 at 7:32 pm
२९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया