आइतबार ०६ आषाढ २०७८

काठमाडौं

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मात्र नयाँ सरकार गठनको खेल सुरु हुने बताएका छन् ।

विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सिंहले माओवादीले समर्थन गर्दासम्म यो सरकार बहुमतकै रहने बताए ।

उनले अघि भने, ‘बहुमत बाँकी नै छ भने ६३ सिट जितेको जितेको कांग्रेसले कसरी अविश्वासको प्रस्ताव राख्ने ?’

माओवादी केन्द्रले समर्थन फिर्ता लियो भने सरकारले विश्वासको मत लिनुपर्ने र त्यो बेला कसले कसलाई समर्थन गर्छ भन्ने थाहा हुने बताए ।

कांग्रेस नेता सिंहले अघि भने, ‘माओवादीले समर्थन फिर्ता लिएपछि न खेल सुरु हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा बस्ने नैतिक अधिकार नभएको समेत उनले बताए ।

 


Last Updated on: March 25th, 2021 at 8:19 pm
४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया