शुक्रबार ०४ आषाढ २०७८

काठमाण्डौं

नेकपालाई अदालतले फर्काएर माओवादी केन्द्र र नेकपा एमाले बनाएपछि नयाँ बहस शुरु भएको छ।

एमाले भित्र माधव, झलनाथ खनालहरुलाई कारवाहीको तयारी हुँदा यता माओवादी केन्द्रले पनि आफ्ना पुर्व नेताहरुलाई एक्शन लिने तयारी थालेको छ ।

यस्तैमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकले गरेको निर्णयअनुसार पठाइएको पत्र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायत मन्त्रीहरूको हातमा पुगेको छ ।

माओवादी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी आफ्ना पार्टीका नेताहरूलाई फिर्ता हुन निर्देशन दिँदै पत्र पठाउने निर्णय गरेको थियो ।

प्रचण्डको निर्णय अनुसार माओवादी केन्द्रको केन्द्रीय कार्यालयको चिठी बोकेर सिंहदरबार पुगेका नेताहरूले गृहमन्त्री बादलको हातमै पत्र बुझाएका छन् ।

अब बादलले पत्रको जवाफ के देलान वा कस्ताृ प्रतिक्रिया जनाउलान त्यो भने हेर्न बाकी नै छ तर बादलसँग रहेका पुर्व माओवादी नेताहरु प्रचण्डसँग फर्कने संभावना भने अब सकिएको छ ।


Last Updated on: March 20th, 2021 at 7:57 pm
२२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया