आइतबार ०६ आषाढ २०७८

काठमाण्डौँ

प्रधानमन्त्री केपी ओलीले माधव नेपाल पक्षको छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। नेपालपक्षको वार्तापछि बाहिर निस्किएका ओलीले छलफल सकारात्मक भएको बताएका हुन्।

यद्यपि दुवै पक्षबीचको वार्ता निष्कर्षविहीन भएको छ। पार्टी कार्यालय धुम्वाराहीमा भएको वार्तामा नेपाल पक्षले फागुन २८ गते गरेको निर्णय खारेज हुनुपर्ने माग अघि सारेको छ।

नेपाल पक्षले फागुन २३ को सर्वोच्चको फैसलाअनुसार एमाले पूर्ववत अवस्थामा गएकाले त्यसपछि गरिएका निर्णयमा मान्य नहुने अडान राखेको थियो।

‘सर्वोच्चको फैसलापछि राजनीतिक, व्यावहारिक र वैचारिक दृष्टिबाट पार्टी पूर्वअवस्थामा गयो, त्यो कुरा स्वीकारिएन भने हामीलाई मान्य हुँदैन,’ एमाले नेता भीम रावलले भने।

उनले २८ गते ओलीपक्षको केन्द्रीय समितिले गरेका निर्णय प्रभावशून्य हुन्छ भनेर आफूहरुले राखेको उल्लेख गर्दै भने, ‘हामीले राखेका कुरालाई स्वीकारिएको सुन्न पाइएन, हामीबीच सहमति भएन।’

दुई पक्षबीच अर्को बैठक गर्ने सहमति भएको छ। तर बैठकको मिति भने तोकिएको छैन।

 


Last Updated on: March 15th, 2021 at 8:39 pm
७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया