शुक्रबार ०४ आषाढ २०७८

काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले समृद्धिको लक्ष्य साकार बनाउन व्यावसायिक क्षेत्रको भूमिका विशेष हुनपर्ने बताएकी छन् ।

राष्ट्रपति कार्यालय, महाराजगञ्जमा सोमबार नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको विशेष समारोहलाई सम्बोधन गर्दे राष्ट्रपति भण्डारीले स्थापना कालदेखिनै चेम्बरले उद्योग तथा वाणिज्य क्षेत्रको विकासमा योगदान गरेको र त्यसले देशको आर्थिक विकासमा महत्वपूर्ण आधार निर्माण भएको बताइन् ।

उनले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन र नेपाली व्यवसायीको व्यवसायिक क्षमता वृद्धि गर्न पनि चेम्बर सफल भएको बताइन् ।

औद्योगिक उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर तुल्याउँदै व्यापार घाटा न्यून गर्ने संकल्प मुलुकले गरेको सन्दर्भमा चेम्बरको भूमिका अझ महत्वपूर्ण भएको उनको भनाइ थियो ।

उनले भनिन्, ‘चेम्बरजस्ता संस्थाबाट देशको आर्थिक विकास एवं व्यापार व्यवसाय विस्तार गर्न महत्वपूर्ण आधार निर्माण भएको छ ।

नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन विभिन्न प्रदर्शनीहरूको आयोजना गर्नुका साथै प्रवर्द्धनात्मक गतिविधिद्वारा नेपाली उद्योगीहरूको व्यावसायिक क्षमता वृद्धि गर्न पनि चेम्बर सफल भएको छ ।’

 


Last Updated on: March 15th, 2021 at 8:14 pm
१३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया