आइतबार ०६ आषाढ २०७८

काठमाडौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षसहित केन्द्रीय सदस्यहरुलाई चियापानका लागि बालुवाटारमा बोलाएका छन् ।

ओलीले चैत ३ गतेका लागि माधव नेपाल पक्षका केन्द्रीय सदस्यको मोबाइलमा एसएमएसमार्फत सो निम्तो गरेका हुन् ।

ओलीले चैत ७ गतको केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा केन्द्रीय सदस्यहरूलाई चियापानका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन् ।

स्रोतका अनुसार आइतवार अपरान्ह माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरुको मोबाइलमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव ईन्द्र भण्डारीको एसएमएस एकैपटक आएको हो ।

अध्यक्ष ओली पक्षले एकलौटी ढंगले जिम्मेवारी हेरफेर गरेपछि माधव नेपाल पक्षले पनि चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । सो भेलाको अघिल्लो दिन पारेर ओलीले चियापान आयोजना गरेका छन् ।

बालुवाटारको एसएमएस माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई मात्र नभई चियापानको निम्तो अरुलाई पनि गएको गएको बुझिएको छ ।

ओलीको निम्तोमा जाने वा नजाने भन्नेबारे भने नेताहरुले केहि बताएको छैन ।


Last Updated on: March 14th, 2021 at 11:15 pm
१४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया