शुक्रबार ०४ आषाढ २०७८

सर्वोच्च अदालतले तत्कालिन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि प्रचण्डसँग मिलेर तत्कालिन एमालेबाट टाढा गएको माधवकुमार नेपाल समूह एमालेमै फर्किने भएको छ।

सोमबार पेरिस डाँडामा भएको प्रचण्ड–माधव समूहको बैठकबाटै माधव समूहले एमालेमा फर्किने निर्णय गरेको हो।

नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने निर्णय गरेको छ।

पत्रकारहरुसँग कुरा गर्दै तत्कालिन एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफूले एमालेमै फर्किने निर्णय गरेको बताए।

उनले अब एमाले र माओवादी अलग अलग भएकोसमेत बताए। यो समूहले एमालेमै फर्किने निर्णय गरेसँगै प्रचण्ड–माधवको गठबन्धन भत्किएको छ।

त्यस्तै सर्वाेच्चको फैसलाविरुद्ध पुनरावेदन जाने सहमति दाहाल–नेपाल समूहले गरेको छ ।

अब माधवकुमार नेपाल समूहले एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्नेछ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको बैठकमा एमालेका नेताहरु बैठकबीचमै छोडेर निस्केका थिए । उनीहरु आफ्नो भनाइ राख्दै बाहिरिँदै गरे ।

सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो ।

योसँगै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अब नेकपा एमालेका सांसद भएका छन् । उनी एमालेका वरिष्ठ नेता पनि हुन् ।

कानुनी रुपमा एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएपछि नेपाल अप्ठ्यारोमा परे ।

अन्ततः नेपालले एमालेभित्र रहेर ओलीसँग संघर्ष गर्ने निर्णय गरे ।

एमालेभित्र नेपाल अल्पमतमा छन् । उनीसँग पार्टी अलग गर्नका लागि आवश्यक ४० प्रतिशत सांसद संख्या पनि पुग्दैन । त्यसैले उनी एमालेमै बसेर संघर्ष गर्ने अवस्थामा पुगेका हुन् ।

यसैगरी, माधव नेपालले तत्काल केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने रणनीतिक कदम चाल्ने बुझिएको छ ।

सत्ताबाट ओलीलाई हटाएपछि एमालेभित्रै शक्ति वृद्धि हुने नेपाल पक्षकोे बुझाई छ ।

अहिले ओलीलाई हटाउन सिधै लाग्दा संसदीय दलको विधान बमोजिम ह्वीप विरुद्ध जाँदा सांसद पद नै गुम्न पुग्छ

। त्यसैले नेपाल एमालेमै बसेर संघर्ष गर्ने पक्षमा उभिएका हुन् ।

 


Last Updated on: March 8th, 2021 at 9:34 pm
१५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया