आइतबार ०६ आषाढ २०७८

काठमाडौं

प्रधानमन्त्री केपी   शर्मा ओलीले  सर्वोच्चको फैसला मान्य  बताएका छन्  । आज संसद बैठकको लागि बानेश्वरस्थित संसद  भवनमा पुगेका अ‍ोलीले  यस्तो बताएका हुन्  ।

नेकपाको आधिकारिकताको विषयमा गरेको फैसलालाई  कार्यान्वयन  गर्ने  पनि बताएका छन् ।

सञ्चारकर्मीहरुसँगको कुराकानीमा  ओललिे  सर्वोच्चले गरेको फेसलाको विस्तृत् रुपममा अध्ययन नगरी   एमाले र माओवादी ब्युँतने  हो होइन भन्न नसकिने   बताएका छन् ।  सर्वोच्चले आइतबार नेपाल कम्युनिष्ट पार्टी ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको  भनी  सदर गरेको थियो  ।

यो पनि पढ्नुहोस्: चीनबाट २० टन युरिया मल तातोपानी नाका हुँदै आज नेपाल  भित्रियो ;
चौतारा, २३ फागुन – साल्ट ट्रेडिङ कर्पोरेसनले पहिलोपटक चीनबाट झिकाएको २० टन युरिया मल तातोपानी नाकाबाट आज नेपाल भित्रिएको छ ।

सिल्क मार्केट प्रालिले ढुवानी गरी ल्याएको दुई कन्टेनरबाट ४०० बोरा अर्थात् २० टन युरिया मल भन्सार यार्डमा भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले बताउनुभयो ।

नेपाल सरकारको अनुमतिबाट चीनबाट चार हजार मेट्रिकटन युरिया मल खरीद गर्न ११ नोभेम्बर २०२० मा बोलपत्र आह्वान गरिएकामा ४०० बोरा आयात गरिएको साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रबन्धक पङ्कज जोशीले जानकारी दिनुभयो ।

झिकाइएका मल क्रमशः आउँदै गरेको र एक हजार २०० मेट्रिकटन काभ्रेको बनेपा, दुई हजार मेट्रिकटन काठमाडौँ, ८०० मेट्रिकटन नुवाकोट जिल्लाबाट पहाडी जिल्लामा वितरण गरिने उहाँले बताउनुभयो ।

 


Last Updated on: March 7th, 2021 at 8:09 pm
१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया