आइतबार ०६ आषाढ २०७८

 

काठमाडौं,

‘तपाईं राजीनामा दिएर पार्टी एकता बचाउनुहोस् !’ भैंसेपाटीस्थित निवासमा भेट्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बामदेव गौतमले सिधै भने ।

जवाफमा ओलीले भने, ‘मलाई भन्ने होइन मेरो कुर्सी ताक्नेलाई भन्नुहोस् !’

यसरी ओलीले कुनै हालतमा राजीनामा नदिने अडान लिए।

उनले आफू जुनसुकै चुनौतीको सामना गर्न तयार रहेको जवाफ दिए ।

प्रष्ट कुरा गर्ने स्वभावका गौतमले पार्टीलाई जोगाउनका लागि त्याग देखाउन ओलीलाई आग्रह गरे ।

राजीनामा दिएर मार्ग प्रशस्त गरे पार्टी एक पनि हुने र साथ पनि दिने गौतमले बताए ।

विश्वस्त स्रोतका अनुसार गौतमले सिधै ओलीलाई साथ दिन नसक्ने जवाफ दिए ।

उनले पार्टी एकता बचाउने बाहेकको विषयमा आफूले साथ दिन नसक्ने स्पष्ट पारे ।

गौतमले ओलीलाई सम्झाउन खोजे पनि सहमति नभई फर्किए ।

बरु ओलीले मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी हुन आग्रह गरे ।

उनले गौतमलाई पत्नी तुलसा थापासहित आउन निम्तो दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमको स्वास्थ्य अवस्था पनि बुझेका थिए ।

घरमा लडेर घाइते भएका गौतमलाई सामान्य चोट लागेको छ ।

पछिल्लो समय गौतम कुनै पनि गुटमा छैनन् । उनी एकता अभियान चलाएर बसेका छन् ।

उनको साथमा आधा दर्जन सांसद रहेको बुझिएको छ । गौतमले ओली र प्रचण्डलाई मिलाउन प्रयास गर्दै आएपनि सफलता हासिल गरिरहेका छैनन् ।

 


Last Updated on: March 5th, 2021 at 9:37 pm
१८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया