शुक्रबार ०४ आषाढ २०७८

काठमाडौं,

यतिबेला सरकार बनाउने र गिराउने खेल नेताहरुबीच चलिरहेको छ ।

नेकपाको एक समुह प्रचण्ड–नेपाल पक्ष नयाँ सरकार बनाउनका लागि कांग्रेसलाई फकाउन प्रतिनिधिसभा विघटन भएदेखि पुनःस्थापना भएसम्म लागि रहेको छ ।

कांग्रेसलाई मन पर्ने अभिव्यक्तिदेखी नेताहरुलाई फकाउन यो समुह लागि रहेको छ ।

यसैक्रममा विहिवार एक अनौठो दृश्य देखियो, किर्तिपुरमा ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयस्थित उपकुलपतिको कार्यालयमा विगत एक महिनोदेखी अनसनमा बसी रहेको छ ।

सो अनसनमा ऐक्यबद्धता जनाउन अहिलेसम्म कांग्रेसकै नेता पनि पुगेका छैनन् ।

तर, सत्ताको खेलमा लागिरहेका नेता नेपाल भने विहिवार एकाएक सो अनसनमा ऐक्यबद्धता जनाउन पुग्नुभयो ।

नेविसंघकै नेताहरु एक छिन छक्क परे । आफ्नै नेता नआईरहेका बेला माधव नेपाल आउनु उनिहरुका लागि राम्रै विषय थियो ।

बिहीबार दिउँसो अनसनस्थल पुग्नु भएका नेता नेपालले ऐक्यवद्धता जनाउँदै मागहरूप्रति आफ्नो समर्थन रहेको बताउनु भयो ।

त्रिविमा पदाधिकारी नियुक्तिमा राजनीतिक नियुक्ति हुने गरेका छन् ।

नेविसंघले एक महिनादेखि उपकुलपति कार्यालयको ढोकैमा रिले अनसन गरिरहेको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, कोभिड–१९ को कारणले लामो समयपछि भएको परीक्षा र त्रिविको नजिता प्रकाशनमा हुने ढिलासुस्तीले विद्यार्थीहरुको शैक्षिक सत्र गुम्ने अवस्था भएकोले परीक्षा भएको एक महिनाभित्र नतिजा प्रकाशनको सुनिश्चितता गर्नुपर्नेलगायत माग नेविसंघको छ ।

 


Last Updated on: March 4th, 2021 at 8:16 pm
१९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया