शुक्रबार ०४ आषाढ २०७८

करिब दुई तिहाइ जनमत प्राप्त नेकपा विभाजनपछि सरकार सङ्कटमा छ ।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनपछि नेकपा दुई समूहमा विभाजित छ । विघटन सर्वोच्च अदालतले बदर गरिदिएपछि ओली नैतिक सङ्कटमा छन् ।

विघटन बदर लगत्तै नैतिकताका आधारमा ओलीले राजीनामा दिने अपेक्षा थियोतर, ओलीले सजिलै सत्ता छोड्न चाहेका छैनन् ।

प्रतिनिधिसभा बैठक अगावै दाहाल–नेपाल समूहले ओलीलाई संसदीय दलको नेताबाट समेत हटाउने गरी तयारीअगाडि बढाएको छ।

केन्द्रीय कमिटीमा बहुमत रहेकाले संसदीय दलमा पनि दलको नेता हटाउन पर्याप्त सङ्ख्या रहेको दाहाल–नेपाल समूहको दाबी छ।

तर, संसदीय दलमा भने ओली समूह र दाहाल–नेपाल समूह कतातिर बहुमत छ, अझै प्रस्ट खुल्न सकेको छैन।राजनीतिको मियो सत्ता नै हो ।

सत्तामा नगईकन आफ्ना मुद्दा स्थापित गर्न सजिलो हुँदैन । पाँच वर्ष प्रतिपक्षमा बस्ने जनमत पाएको काँग्रेसलाई अहिले सरकारमा नगई सुखै छैन ।

नेकपाको जुन पक्षलाई साथ दिए पनि काँग्रेसको साथविना नेकपाको कुनै समूहले सरकार बनाउन नसक्ने अवस्था छ।

यसका लागि काँग्रेस तयार रहेको सन्देश देउवाले दिइसकेका छन् ।

ओलीलाई अविश्वासको प्रस्ताव नै ल्याएर हटाउने तयारी नेकपाकै इतर समूहको तयारी छ । तर, त्यसका लागि बहुमत नेकपासँग पनि छैन ।

ओलीलाई हटाउन मात्रै होइन नयाँ सरकार बनाउन समेत दाहाल–नेपाल समूहसँग बहुमत छैन । काँग्रेस नयाँ सरकार गठनका लागि सत्ताको साँचो बन्ने देखिएको छ। काँग्रेसको साथविना न सरकार टिक्छ न नयाँ सरकार बन्छ ।

त्यसका लागि उनीहरूले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई गुहारी रहेका छन् । उनीहरू बुढानिलकण्ठमा देउवालाई मनाउन कसरत गरिरहेका छन् ।

दाहाल–नेपाल समूहलाई सरकार ढलाउन वा बनाउन मात्रै होइन ओलीलाई सरकार बचाउन पनि देउवाकै साथ चाहिएको छ ।

देउवाको ग्रीन सिग्नल

काँग्रेसले पाएको जनमत पाँच वर्ष प्रतिपक्षमा बस्न हो । यस विषयमा काँग्रेसमा संस्थापन इतरका नेताहरू प्रस्ट छन् ।

अर्थात् अहिले जुनसुकै हालतमा पनि सरकारमा जानु हुँदैन भन्ने मत पनि काँग्रेसमा बलियो छ ।

तर, सभापति देउवालाई रातदिन प्रधानमन्त्रीको अफर आइरहेको छन् । दुवै समूहलाई सत्तामा सहकार्यका लागि विभाजनको वैधानिकता मागिरहेका देउवाले बुधवार चितवनमा भएको कार्यक्रममा परिस्थिति सिर्जना भए आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताए।

संसद् विघटनदेखि पुनर्स्थापनासम्म ढुलमुले नीति लिएका काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न मानसिक रूपमा तयार देखिएका छन्।

बुधवार‘आवश्यक परे’प्रधानमन्त्रीको जिम्मेवारी लिन तयार रहेको सन्देश दिएका छन्।

दुवै समूहलाई सत्तामा सहकार्यका लागि विभाजनको वैधानिकता मागिरहेका देउवाले बुधवार चितवनमा भएको कार्यक्रममा परिस्थिति सिर्जना भए आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताए।

‘काँग्रेसलाई पदको लोभ छैन। तर, काँधमा आएको जिम्मेवारीबाट भाग्ने वाला पनि छैन। प्रधानमन्त्री पाऊँ, प्रधानमन्त्री पाऊँ भनेको पनि छैन।

तर, जिम्मेवारी आयो भने भाग्ने वाला पनि छैन,’ देउवाले भनेका छन्।यही कुरा उनले बुधवार रौतहटमा पनि उल्लेख गरेका छन् ।

रौतहटको गढीमाई नगरपालिका मा देउवाले अहिले देश असहज अवस्थामा पुगिसकेकाले आवश्यकताअनुसार नेपाली काँग्रेस निकास दिन तयार रहेको बताए।

उनले दुई तिहाइ जनताको मत पाएर पनि कम्युनिस्टले सत्ता सञ्चालन गर्न नसकी सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि ग्रहण लगाउन कुनै कसर बाँकी नराखेको टिप्पणी गर्दै भने, ‘यस्तो अवस्थाबाट मुलुकलाई निकास दिन नेपाली काँग्रेसको आवश्यकता र भूमिका देखियो भने त्यसका लागि काँग्रेस तयार छ।

’रामचन्द्र पौडेल भने अहिले सरकारमा जान नहुने पक्षमा छन्। काँग्रेसको सहभागिताबिना नयाँ सरकार गठन नै नहुने अवस्थामा नेकपाको दाहाल–नेपाल समूहसँग मिलेर अघि बढ्नुपर्ने पक्षमा पौडेल र उनी निकटका नेताहरू देखिएका छन्।

पौडेलसहितका नेताले जनताले पाँच वर्ष काँग्रेसलाई विपक्षमा बस्न जनमत दिएको बताउँदै आएका छन्।पौडेल सरकारमा गइहाले पनि अर्को पक्षलाई समर्थन मात्रै गरेर जानुपर्नेमा देखिन्छन् ।

त्यसका लागि दाहाल–नेपाल समूहलाई समर्थन गर्नुपर्ने उनको मत छ । उनले यही कुरा बिहीबार बिहान पनि दोहोर्‍याएका छन् ।

बिहीबार बिहान चितवनमा नेता पौडेलले ओलीले देश, व्यवस्था र संविधानलाई जोखिममा पारेको भन्दै उनलाई समर्थन गर्न काँग्रेसको नैतिकताले नदिने बताए ।‘काँग्रेस आफैँ मात्र हुनुपर्छ भन्ने पनि छैन ।

यदि यस्तो भयो भने काँग्रेस अरूको खेलौना भएर भूमिका विहीन हुन सक्छ ।

अहिलेको देशको सङ्कट अरूलाई साथ दिएर पनि पार लगाउन सकिन्छ । त्यसको लागि दाहाल–नेपाल समूहलाई प्रधानमन्त्री मानेर जाने कुरामा सकारात्मक हुन सक्छ’ उनले भने ।

तर, त्यसको लागि छलफल भने आवश्यक रहेको उनले बताए ।राजनीतिको मियो सत्ता नै हो । सत्तामा नगईकन आफ्ना मुद्दा स्थापित गर्न सजिलो हुँदैन । पाँच वर्ष प्रतिपक्षमा बस्ने जनमत पाएको काँग्रेसलाई अहिले सरकारमा नगई सुखै छैन ।

नेकपाको जुन पक्षलाई साथ दिए पनि काँग्रेसको साथविना नेकपाको कुनै समूहले सरकार बनाउन नसक्ने अवस्था छ ।

यसका लागि काँग्रेस तयार रहेको सन्देश देउवाले दिइसकेका छन् ।काँग्रेस सरकारमा जाने लगभग पक्का छ । देउवा प्रधानमन्त्री बन्ने पनि निश्चित जस्तै देखिन्छ । तर नेकपाको कुन समूहलाई साथ लिएर सरकारमा जाने भन्ने बारे भने देउवा अझै प्रस्ट भइसकेका छैनन् ।

यो पनि केही दिनमा प्रस्ट हुनेछ | देउवाले आजै केन्द्रीय पदाधिकारी बैठक बोलाएका छन् ।

पदाधिकारी बैठकपछि सम्भवतः केही पिक्चर क्लियर हुने अपेक्षा गर्न सकिन्छ ।


Last Updated on: March 4th, 2021 at 6:56 pm
१६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया