बिहिबार ३० बैशाख २०७८

काठमाडौं

सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक बिषयहरुको समाधान सम्बादका माध्ययमबाट गर्ने आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टीमाथी प्रतिबन्ध हटाउने सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु समेटिएका छन् ।

सहमतिको विस्तृत विवरण २१ गते सार्वजनिक गरिनेछ ।

उक्त समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट उक्त पार्टीका महासचिव कमरेड ‘विप्लव’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया