शुक्रबार ०४ आषाढ २०७८

दक्षिण अफ्रिकामा ३७ वर्षीय एक महिलाले एकै पटकमा १० जना शिशु जन्माउनुभएको छ ।

गोएसामे थामेरा सिथोला नाम गरेकी महिलाले ७ छोरा र ३ जना छोरीलाई जन्म दिनुभएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

उहाँले यस अघि पनि जुम्ल्याहा बच्चा जन्माउनुभएको समाचारमा उल्लेख गरिएको छ ।

सिथोलाले एकैपटक १० शिशुलाई जन्म दिएर विश्व रेकर्ड कायम गर्नुभएको छ ।

१० जना बच्चालाई शल्यक्रियामार्फत् जन्माइएको जनाइएको छ ।

विश्वमा यसअघि ९ जनासम्म बच्चा एकैपटकमा जन्माएको रेकर्ड छ । सिथोलाका श्रीमान तेबोहो सोतेस्टसीले आफु १० सन्तानको अभिभावक बनेकोमा खुसी भएको बताउनुभएको छ ।

श्रीमतीले १० बच्चालाई राम्रसँग जन्म दिएकोमा खुसी र भावुक भएको उहाँले बताउनुभएको छ ।एक महिनाअघि मोरक्कोको मालीमा एक महिलाले ९ वटा बच्चाको जन्म दिएकी थिइन्।

त्यो रेर्कडलाई साउन अफ्रिकाकी गोसियामी धमारा सिटहोल नामकी महिलाले तोडेकी छन्। समाचारअनुसार यी ३७ वर्षीया महिलाले ७ जुनमा दस बच्चाको जन्म दिएकी थिइन्।

गर्भवती भएका बेला डाक्टरले ६ वटा बच्चा जन्मिन सकिने बताएका थिए। उनका पतिले भने ८ वटा बच्चा जन्मिन सक्ने अनुमान गरेका थिए।

खोपको सुनिश्चितता नहुन्जेलसम्म सुरक्षित रहन स्वास्थ्यमन्त्री तामाङको आग्रह स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुुुरक्षित रहन आग्रह गर्नुभएको छ ।

चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन गर्दै मन्त्री तामाङले खोपको सुनिश्चितता नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गर्नुभएको हो ।

नगरपालिकाको नगरस्तरीय सामुदायिक अस्पतालमा दैनिक ४० देखि ४८ ठूला अक्सिजन सिलिन्डर भर्न सक्ने उत्पादन गर्नसक्ने प्लान्ट जडान भएको छ ।

७४ लाखको लगानीमा निर्माण गरिएको अक्सिजन प्लान्ट मुनडप्स कम्पनीले जडान गरेको हो । विनारसायन प्राकृतिक हावाबाट नै अक्सिजन उत्पादन हुने प्लान्ट नयाँ प्रविधिको रहेको कम्पनीको दाबी छ ।

हार्ट फाउन्डेशनद्धारा स्वास्थ्य सामग्री सहयोग नेपाल हार्ट फाउन्डेशन ललितपुरले स्वास्थ्य पत्रकार मञ्च नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना महामारीका बेला फ्रन्टलाइनमा खटिएर रिपोर्टिङ गर्ने स्वास्थ्य पत्रकारका लागि भन्दै फाउन्डेशनले ७५ थान एन ९५ मास्क र त्यति नै थान स्यानिटाइजर सहयोग गरेको हो ।

मंगलबार फाउन्डेशनका कार्यकारी निर्देशक डा. प्रकाशराज रेग्मीले मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।


Last Updated on: June 9th, 2021 at 7:21 pm
३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया