शुक्रबार ०४ आषाढ २०७८

काठमाडौं ।

नेकपा एमालेले वागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार रामवहादुर थापालाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै १४ जना प्रदेश सांसदलाई कारवाही प्रकृया अघि बढाएको छ ।

वागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतामा आज बसेको संसदीय बोर्डको बैठकले अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसहित १४ जना सांसदसँग २४ घण्टे स्पष्टिकरण माग्ने निर्णय गरेको हो ।

आफ्नै पार्टीका उम्मेवारलाई पराजित गर्न अगुवाई गरेको भन्दै १४ जना प्रदेश सभा सदस्यलाई आइतवार साँझ ५ बजेसम्म स्पष्टिकरण पेश गर्न भनिएको प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले बताउनुभयो ।

लामो समयदेखि संसदीय दल, पार्टी र दलको नेता तथा सरकारविरुद्ध गतिबिधि गरेको र चुनावमा पार्टीलाई हराउन भूमिका खेलेको कारण कारवाही किन नगर्ने भनी स्पष्टिकरण मागिएको उहाँले बताउनुभयो ।

स्पष्टिकरण सोधिएका प्रदेशसभा सदस्यहरु
१. अष्टलक्ष्मी शाक्य ( बोहोरा) २. राजेन्द्रप्रसाद पाण्डे ३.अरुण प्रसाद नेपाल ४. बसन्तप्रसाद मानन्धर ५. रचना खड्का ६.कृष्णप्रसाद शर्मा खनाल

७. शान्तिप्रसाद पौडेल ८.मुनु सिग्देल ९. ईन्द्रमाया गुरुङ १० . मिना ज्ञवाली ११. बसुन्धरा हुमागाँई १२. लक्ष्मण लम्साल १३. कुसुम कुमार कार्की १४. पार्वती सिलवाल


 


Last Updated on: May 22nd, 2021 at 9:04 pm
९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया