आइतबार ०६ आषाढ २०७८

काठमाडौं–

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा एमालेका उम्मेद्वार रामबहादुर थापा बादललाई जिताउन सबै शक्ति परिचालन गरिने बताउनुभएको छ ।

थापाका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार नेता नेपालले ‘तपाईं एमालेको उम्मेद्वार भएकोले विजयी गराउनु मेरो दायित्व हो’ भन्नुभएको छ ।

नेता नेपाललाई भेट्न थापा आज दिउँसो कोटेश्वर जानुभएको थियो ।

करिब ४५ मिनेट भएको भेटघाटमा एमाले विवादको समाधानका लागि पनि दुवै नेताबीच छलफल भएको स्रोतले जनाएको छ ।

राजेन्द्र महतो जसपा संसदीय दलको नेता चयन भएको पत्र दर्ता

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीको संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको जानकारी संघीय संसद् सचिवालयलाई गराउनु भएको छ । पत्र सचिवालयमा दर्ता भइसकेको छ ।

यसअघि उपेन्द्र यादवले आफू र अध्यक्ष ठाकुरबीच भएको सहमतिअनुसार महतोलाई दिइएको संसदीय दलको नेताको पद खारेज भएको बताउनुभएको छ ।

तर, अध्यक्ष ठाकुरले वैशाख ३० गते बसेको जसपाको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा महतोलाई निर्वाचित गरेको जानकारी आजै सचिवालयलाई जानकारी गराउनुभएको हो ।

सोही पत्रका साथमा संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि पनि पठाइएको छ ।


Last Updated on: May 18th, 2021 at 8:29 pm
८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया