आइतबार ०६ आषाढ २०७८

काठमाडौँ।

जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले देश गम्भीर संकटमा फस्दै गएकोमा दुख व्यक्त गरेका छन्।

मंगलबार ट्वीटरमार्फत भट्टराईले कोरोना महामारी र अन्त्यहीन राजनीतिक गतिरोधका कारण देश गम्भीर संकटमा फस्दै गएको बताएका हुन्।

संविधानका स्तम्भ एकएक गर्दै ढल्दै गइरहेको बताउँदै भट्टराईले सबै पार्टी र नेताहरु निरीह साबित भइरहेको भट्टराईले बताए।

वर्तमान केपी ओली नेतृत्वको सरकारले नीति तथा कार्यक्रम र बजेट पनि पास गर्न नसक्ने उनको ठम्याई छ।

भट्टराईले लेखेका छन्, ‘देश गम्भीर संकटमा फस्दैछ।एकातिर कोरोना महामारी,अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध!

न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छ; न बैकल्पिक सरकार बन्न!संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्!

सबै पार्टी/नेता निरीह!सर्पको मुखका भ्यागुता! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ?’

 


Last Updated on: May 18th, 2021 at 7:47 pm
८० पटक हेरिएको

तपाईको प्रतिक्रिया