आइतबार ०६ आषाढ २०७८

काठमाडौँ -:

कोरोना संक्रमणविरुद्ध भारतले बनाएको खाने औषधि ‘२-डीजी’ आज लन्च (शुभारम्भ) गरिँदै छ। साेमबार बिहान साढे १० बजे भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनले उक्त औषधि शुभारम्भ गर्न लागेकाे भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले विकास गरेको ‘२-डीजी’ औषधिको पहिलो खेप रक्षामन्त्री सिंह र स्वास्थ्यमन्त्री हर्षवर्द्धनले सेवन गरेर लन्च गर्न लागिएकाे हाे । याे औषधि काेराेनािविरूद्ध खाेपकाे सट्टा मुखबाट सेवन गर्न मिल्ने बताइएकाे छ ।

नवभारत टाइम्सका अनुसार शुभारम्भछि एक-दुई दिनमै कोरोना संक्रमित सर्वसाधारणका लागि यो औषधि उपलब्ध गराइनेछ । हाल हैदराबादस्थित डा. रेड्डिज प्रयोगशालामा यो औषधिको १० हजार डोज उत्पादन भएर तयारी अवस्थामा रहेको बताइएको छ ।

कोसिड- १९ काे मध्यम र गम्भीर लक्षण भएका बिरामीहरूमा यस औषधिको आपतकालीन प्रयोगलाई यसै महिनाको शुरूमा भारतीय रक्षा मन्त्रालयले अनुमति पाइसकिएकाे बताएकाे थियाे ।

ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (DCGI) ले उक्त प्रयाेगका लागि अनुमति प्रदान गरेको हाे । कोरोनाका नयाँ केसहरुमा लगातार भएकाे वृद्धिलाई ध्यानमा राखी यस औषधिको आपतकालीन प्रयोगका लागि अनुमति दिइएकाे थियो ।


Last Updated on: May 17th, 2021 at 8:13 pm
९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया