आइतबार ०६ आषाढ २०७८

काठमाडौ ।

नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले पछिल्लो परिस्थितिप्रति हतास नहुन नेता तथा कार्यकर्तालाई आव्हान गरेका छन् ।

उनले पछिल्लो परिस्थितिले माओवादी लाई थप सुद्धढ बनाउन मौका दिएको टिप्पणी गरे ।

उनका अनुसार पार्टीभित्र विगतलाई हेरेर पुनः समिक्षा गर्नुपर्ने अवस्था सिर्जना छ ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘नयाँ परिस्थिति र घटनाहरूले नयाँ चुनौती र संभावनाहरु एकसाथ लिएर आएको हुन्छ ।

यसबाट हतास हुनेहरू समाप्त हुँदै जाने र सामना गर्न तयार हुनेहरू सुदृढ हुँदै जाने तथ्यलाई स्वीकार गरी विगतका उपलब्धि र कमीहरु समेतको गम्भीर समीक्षा गरेर विचार, विधि र इमानका दृष्टिले माथि उठौँ र उठाऔं ।’

पछिल्लो राजनीति अवस्थाप्रति भन्दा कोरोना संकटप्रति ध्यान दिनुपर्ने उनको भनाई छ ।

‘जनतामाथि आइपरेका संकटहरुको सामना गर्न जनताप्रतिको उत्तरदायित्वमा इमान्दार बनौं, हामी सबैको भबिस्य उज्ज्वल हुनेछ’, उनले भनेका छन् ।

बैकिल्पक सरकार बनाउने कांग्रेस, माओवादी केन्द्र र जसपा को प्रयास असफल भएसँगै तीनै पार्टीभित्र निराशा देखिएको छ ।

साथै एमालेभित्र देखिएको पछिल्लो एकताले पनि माओवादी केन्द्र थप समस्यातर्फ उन्मुख भएको टिप्पणी भईरहेको छ ।

 


Last Updated on: May 16th, 2021 at 10:15 pm
२८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया