आइतबार ०६ आषाढ २०७८

काठमाडौं ।

संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिने क्रममा हिजो प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण नगरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले पूनः प्रतिज्ञा गर्छु भनेर दोहोर्याउँदा समेत प्रधानमन्त्री अ‍ोलीले त्यो पर्दैन भनेको विषयमाथि गम्भीर टिप्पणी गरेका छन् ।

उनले राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधानको, लोकको कुनै आदर र कदर बाँकी नरहेको पनि बताएका छन् ।

सपथग्रहण गर्दाको सानो भिडिओ क्लिपसमेत सेयर गर्दै डा. आचार्यले भनेका छन्-“धिक्कार छ !…. अब पदको, संविधानको, लोकको कुनै आदर र कदर बाँकी रहेन।

संविधान र राष्ट्रको स्वाधीनतालाई गिज्याउनु राज्य बिरूद्धको अपराध हो। राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्य बिरूद्धको अपराध गरेका छन।

तत्काल संसद्को विशेष अधिवेशन आब्हान गरि कारवाही अघि बढोस् ।”

Last Updated on: May 15th, 2021 at 7:19 pm
११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया