शुक्रबार ०४ आषाढ २०७८

काठमाडौं ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिनु भएको छ ।

प्रधानमन्त्रीमा फेरि निर्वाचित हुन लागेकोमा ठाकुर र महतोले प्रधानमन्त्री निवास बालुवाटर पुगेर बधाई दिनु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई बिहीबार साँझ भेट्न पुग्नु भएका ठाकुर र महतोले आफ्ना मागबारे छलफल गरेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

उहाँहरूका मागहरूका सन्दर्भमा कुराकानी भएको उहाँले बताउनुभयो । बधाईपछि प्रधानमन्त्रीले धन्यवाद पनि दिनु भएको छ ।

नेम्वाङले मागहरूबारेमा थप छलफल गर्दै अगाडि बढ्ने कुरा भएको उल्लेख गर्नुभयो ।

ठाकुर र महतोले अन्य दलहरूसँग पनि आफ्ना मागबारे नै छलफल गरेको र एमालेसँग पनि सोही विषयमा छलफल गर्न आएको नेम्वाङको भनाइ थियो ।

दुई नेताहरुले कांग्रेस, माओवादीसँग पनि कुरा गरेको कुरा ओलीलाई सुनाउनु भएको छ । प्रधानमन्त्रीले बहुमतको सरकारको दाबी नगर्ने पनि नेम्वाङको भनाइ छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय गुज्रिँदै गर्दा ओलीले संविधानको धारा ७६ उपधारा ३ अनुसार प्रतिनिधिसभाको ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्न चाहनु भएको हो ।

प्रधानमन्त्रीले जारी प्रक्रियालाई पर्खिइराख्नुभएको छ । अब ९ बजेपछि अर्को प्रक्रिया सुरु हुन्छ ।

नेम्वाङेले संविधानको धारा ७६ उपधारा २ तिर नजाने भन्दै भन्नुभयो, ‘९ बजेपछि सायद ९स्५, ९स्७ तिर अहिलेको अर्को प्रक्रिया घोषणा हुन्छ होला ।’

नेम्वाङले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार गठनका लागि प्रधानमन्त्री ओलीले जसपा नेताहरूसँग आग्रह नगरेको बताउनुभयो ।

सत्ता समीकरणबारे जसपाका नेताहरूसँग कुरा भएको छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय सकिनै लाग्दा पनि प्रतिपक्षमा रहेका दलहरूले बहुमत जुटाउन नसकेपछि प्रधानमन्त्रीमा ओली दोहोरिन लाग्नु भएको हो ।

 


Last Updated on: May 13th, 2021 at 9:46 pm
९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया