आइतबार ०६ आषाढ २०७८

काठमाडौं :

राजधानी काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको महामारी बढिरहेका बेला नर्भिक इन्टरनेसनल अस्पतालले अक्सिजनको चरम अभावका कारण अकल्पनीय घटना हुनसक्ने भविष्यवाणी गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले आज बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड संक्रमणको दर बढेसँगै अक्सिजनको अभाव चरम बन्दै गएको जनाएका छन् ।

अस्पतालले राज्यको अनुदार नीतिले समस्यालाई झन् बल्झाएको र तोकिएको कोटाअनुसार अक्सिजन उपलब्ध हुन नसकेको दाबी गरेको छ ।

विज्ञप्तिमा अक्सिजनको अभावको वर्तमान अवस्था जारी रहने हो भने अकल्पनीय घटना हुनसक्ने भविष्यवाणी गरिएको छ ।

अस्पतालले अक्सिजन लगायत अन्य उपचार सामग्री उपलब्ध भएसम्म बिरामीको सेवामा कमी हुन नदिने प्रतिबद्धता जनाएको छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘स्थिति हाम्रो काबुबाहिर नजाओस् भनी हामी प्रयत्नशील पनि छौं ।’

कोरोनाको उपचार सुरु भएसँगै अक्सिजनको माग ह्वात्तै बढेको र कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले १०० वटा ठूलो सिलिण्डर आपूर्ति गर्न पाउने भनी कोटा तोकिदिएपनि आपूर्ति हुन नसकेको अस्पतालले जनाएको छ ।

https://www.mediadabali.com/ बाट साभार गरीएको हो ।

 


Last Updated on: May 12th, 2021 at 9:12 pm
१७० पटक हेरिएको

तपाईको प्रतिक्रिया