आइतबार ०६ आषाढ २०७८

काठमाडौं ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्त ठाकुरले प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

सत्ता समिकरणमा निर्णायक बनेको जसपा यतिवेला दुई धारमा विभाजित भएको छ ।

(जसपा) का अर्का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँग सहकार्य गर्नेगरि प्रयास गरेको बेला ठाकुर भने प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने पक्षमा उभिएका छन् ।

त्यसको संकेत उनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनेबेला तटस्थ बसेर देखाईसकेका छन् ।

ठाकुर पक्षले प्रधानमन्त्री ओलीको सल्लाहमै आफूलाई तटस्थमा उभ्याएको अड्कलबाजी भैरहेको छ ।

संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि दलहरुलाई आह्वान भैसकेको अवस्था छ ।

तर, बालुवाटार भने विपक्षी गठबन्धनको सरकार नबन्नेमा ढुक्क छ ।

जसपाको ठाकुर पक्षले विपक्षी गठबन्धनलाई सहयोग नगर्ने भनेर सार्वजनिक रुपमै भनिसकेको छ ।

यही बीचमा हिजो प्रधानमन्त्री ओली र जसपाका अध्यक्ष ठाकुरबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

जसपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले ठाकुरलाई सरकारमा आउनको लागि आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्रीसहित गृहमन्त्री दिएर सरकारमा ठाकुरलाई नै सहभागी हुन पनि प्रस्ताव गरेको स्रोतको दाबी छ ।

ठाकुरले पनि सरकारमा नजाने भनेर ठ्याक्कै भनिसकेको छैनन् ।

तर, त्यसको लागि आफूहरुले अघि सारेका मागहरु सम्बोधन गर्नुपर्ने उनको शर्त छ ।

यदि बहुमतको सरकार नबनेको खण्डमा आलीले नै फेरी विश्वासको मत लिन वा संसद विघटन गर्न सक्छन ।

तर ठाकुर-राजेन्द्र पक्ष पनि चुनावको पक्षमा नरहेको बुझिएको छ । ओलीले संसद विघटन गर्दा उनीहरु आफै सडकमा उत्रिएको छ ।

ओलीले उपप्रधानमन्त्री र गृहमन्त्री दिएर सरकारमा सहभागि गराउन पुरै जसपालाई प्रस्ताव राखेको भएपनि उपेन्द्र-बाबुरामको कारण सहमति जुटेन ।

ठाकुर उपप्रधानमन्त्री र राजेन्द्र गृहमन्त्री बन्ने रणनीतिका साथ उनिहरु अघि बढेको बुझिएको छ ।

गृहमन्त्री बन्ने राजेन्द्र महत्तोको ठुलो सपना रहेको पनि उनि निकट नेताहरु बताउछन ।

यस्तो अबस्थामा ओली सरकारबाट राम बहादुर थापा बादल र उपप्रधानमन्त्री रहेका इश्वर पोखरेलले सरकारबाट बाहिरिने छन् ।

साथै उनीहरुले पार्टीलाई सञ्चालन गर्ने र निर्वाचनमा पार्टीलाई लैजाने बताइएको छ ।

गठबन्धनको सरकारमा सहभागि हुदा आफ्नौ माग पुरा हुने तर उपप्रधानमन्त्री र गृहमन्त्री जस्तो शक्तिशाली मन्त्रालय नपाउने भएपछि उनिहरु गठबन्धनको सरकारमा सहभागि नहुने अवस्थामा छन ।

ठाकुर-राजेन्द्र पक्षले आफ्नो नेता कार्यकर्ताहरुलाई लागेको मुद्धा फिर्ता गर्न माग गरेका थियो र सरकारले पनि १२० जनाको मुद्धा फिर्ता लिईसकेको छ ।

विषेश गरी रेशम चौधरीलाई रिहा गर्न माग गरिराखेको छ तर उनको मुद्धा फिर्ता लिन कानुनत नमिल्ने भएपछि रेशम चौधरीको मुद्धा फिर्ता गराउने बहानामा ओलीलाई नै सहयोग गरेर आफुहरु शक्तिशाली मन्त्रालयको शपथ ग्रहण गर्न लागि परेको स्रोतले बताएको छ ।

 


Last Updated on: May 12th, 2021 at 7:24 pm
२३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया