आइतबार ०६ आषाढ २०७८

काठमाडौं:

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षधर २८ सांसद

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदा अनुपस्थित भएर शक्ति प्रदर्शन गरेका छन् ।

उनीनिकट सांसदहरुले अझै राजीनामा नदिएर ओलीलाई हटाएर

बहुमतको सत्ता समिकरणको सुनिश्चिततालाई कमजोर पारिदिएका छन् ।

विश्वस्त स्रोतका अनुसार नेपालनिकट सांसदहरुको राजीनामाको शर्त समेत प्रस्तुत भएको छ ।

माधव नेपालले राजीनामा दिनुअघि उपनिर्वाचनमा आफ्ना २०

प्रत्यक्ष निर्वाचित सांसदको जीतको सुनिश्चितता गर्ने देखि

चुनावी सरकारको नेतृत्व आफूले गर्नुपर्ने शर्त सारेका छन् ।

देउवा एक वर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि अर्को वर्षको मंसिरमा हुने

चुनाव माधव नेपाल नेतृत्वको सरकारले गर्ने गरी सहमति बनेमा मात्र राजीनामा दिने नेपालको शर्त देखिएको हो ।

ओलीको बर्हिगमनका लागि नेपाल समूहका २०

जना प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुको राजीनामा अनिवार्य भएको छ ।

जनता समाजवादी पार्टी सत्ता समिकरणमा विभाजित अवस्थामा छ ।

उपेन्द्र यादव समिकरणको पक्षमा छन् । महन्थ ठाकुर विपक्षमा उभिएका छन् ।

यसले सत्ता राजनीतिलाई रोचक मोडमा पुर्याउँदा नेपालले पनि शर्त सारेको बुझिएको छ ।


Last Updated on: May 11th, 2021 at 10:26 pm
१६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया