आइतबार ०६ आषाढ २०७८

काठमाडौं ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः संसद विघटनको संकेत गरेका छन् ।

संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले विश्वासको मत नदिएर संसद विघटनको बाटो रोजिएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने– ‘संविधान बमोजिम पाँच वर्ष सरकार चलाउने भनेर विश्वासको मत मागेको हुँ ।

विश्वासको मत नदिएपछि संसद विघटन हुने नै भयो ।’

संसद विघटन नगर्ने हो भने आफूलाई विश्वासको मत दिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

यसैबीच, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत नपाए पनि राजीनामा दिनुनपर्ने बताएका छन् ।

उनले उक्त व्यवस्था संविधानमा नभएको समेत बताएका छन् ।

https://www.facebook.com/watch/?v=315124783302051

संविधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त नगरेपछि एक सेकेण्ड पनि पदमा बस्न मिल्दैन ।

उता, विश्वासको मत प्राप्त नभएपछि त्यसको जानकारी सभामुखले राष्ट्रपतिसमक्ष तत्काल पठाउनै पर्ने हुन्छ ।

त्यसपछि राष्ट्रपतिले पनि अर्को सरकार नबनुञ्जेल ओली सरकारलाई कामचलाउ सरकारको घोषणा गन्नुपर्ने हुन्छ ।

अहिलेको संवैधानिक व्यवस्थाअनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव फेल भएको अवस्थामा नयाँ सरकार बनाउनको लागि राष्ट्रपतिसमक्ष विपक्षीहरूले बहुमत पुर्याएर सरकार बनाउँछौं भनेर जानुपर्ने हुन्छ ।

मतदानअघि ओलीले मत नपाउने पक्का देखिएको छ ।


Last Updated on: May 10th, 2021 at 9:36 pm
१२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया