आइतबार ०६ आषाढ २०७८

उदयपुर :

टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक ।

टिकटकको यो लोकप्रियता झन् बढ्दो छ ।

‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो । यसको लोकप्रियता त्यसयता चुलिएको छ ।

अझ महत्त्वपूर्ण त्यसले विश्वलाई टिकटक एपबारे परिचित गराइदियो। त्यसयता टिकटकले करोडौँ जागरुक, सिर्जनशील तथा अधिकांश युवा उमेरका प्रयोगकर्ता पाएको छ।

यसै क्रममा टिकटक बनाउने क्रममा भीरबाट खसेर एकजनाको मृत्यु भएको छ ।

कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा ल’डेर धरान-५ का १८ वर्षीय सुवास परियार मृत्यु भएको हो ।

धरानबाट ओखलढुङ्गाका लागि छुटेको सुमोमा चढेका उनी हर्देनीमा गाडी बिग्रिएपछि ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए ।

टिकटक बनाउने क्रममा उनी भिरबाट ल’डेर ग’म्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका परियारलाई कटारी अस्पताल लैजादै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएके छ ।

 


Last Updated on: May 8th, 2021 at 10:20 am
११२ पटक हेरिएको

तपाईको प्रतिक्रिया