आइतबार ०६ आषाढ २०७८

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन तयार भएको छ ।

र यसको वातावरण वातावरण बनाउन नेताहरू सक्रिय भएका छन् ।

स्रोतका अनुसार कांग्रेसले माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपासंग पनि नयाँ सरकार गठनका विषयमा छलफल गरिरहेको छ ।

र नयाँ सरकारमा गृहमन्त्री जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बनाउने प्रस्ताव गरिएको छ ।

साथै परराष्ट्र मन्त्रीमा माओवादीको तर्फबाट नारायण काजी श्रेष्ठलाई बनाउने तयारी भएका बताइएको छ ।

आफू प्रधानमन्त्री बन्ने परिस्थिति बनाउन देउवाले पार्टी नेताहरूलाई खटाएका छन् । खटिएका नेताहरुले यस्तो जानकारी दिएका हुन् ।

संसद्मा कांग्रेस नभई सरकार नबन्ने परिस्थिति बनेकाले गठबन्धनबाट नयाँ सरकार बनाउ लागिएको हो ।

देउवाले पार्टीको शीर्ष नेताहरूसंग पनि छलफल गरिरहेका छन् ।

देउवा माओवादी केन्द्र, माधव नेपाल समूह र जसपासँग निरन्तर छलफलमा छन् ।


Last Updated on: May 6th, 2021 at 9:37 pm
९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया