आइतबार ०६ आषाढ २०७८

काठमाडौ :

नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड कायम भएको छ । ७ हजार बढी संक्रमितसँगै २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित फेला परेको रेकर्ड कायम भएको हो ।

आज थप ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए ।

एकै दिनमा यो रेकर्ड तोडिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म ३३ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।

 


Last Updated on: May 2nd, 2021 at 7:10 pm
८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया