आइतबार ०६ आषाढ २०७८

वुटवल :

नेकपा एमालेले लुम्बिनी प्रदेशमा ठूलो दलको हैसियतामा लुम्बिनी प्रदेशमा एकल सरकार बनाउने भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिनुभएपछि एमालेले ठूलो दलको हैसियतामा एकल सरकार गठनको तयारी थालेको हो ।

माओवादी र कांग्रेसले मुख्यषमन्त्री पोखरेलविरूद्धको अविश्वासको प्रस्ताव सफल बनाउने नाममा जसपाका चार सांसदलाइ कीर्ते कागजात खडा गरी पदमुक्त गरी एमाले लुम्बिनी प्रदेशसभामा एकल बहुमत प्राप्त दल बन्न पुगेको थियो ।

लुम्बिनी प्रदेशमा रहेको ८१ सांसद मध्ये ४१ जना सांसद नेकपा एमालेका छन ।

अब एमाले संसदीय दलका नेता पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार वहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार बनाउनुहुनेछ ।

बैशाख ६ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा० ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

पोखरेललाइ पदमुक्त गरेर मुख्यमन्त्री र मन्त्री हुन लागिपरेका नेपाली कांग्रेस र माओवादीका नेता एमालेको पछिल्लो कदमले ट्वाँ परेका छन ।

पोखरेलले बिहान प्रदेश प्रमुखलाइ भेटेर राजिनामा बुझाउनुभएको थियो ।

 


Last Updated on: May 2nd, 2021 at 2:30 pm
६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया