आइतबार ०६ आषाढ २०७८

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यको बिषयलाई लिएर फेरि अफवाह फैलाउने काम भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नियमित काम गरिरहनु भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमाथि खेलवाड गर्दै केही मिडियाले आइसोलेशनमा बस्नुभएको भन्दै भ्रमफुर्ण सूचना दिएर अफवाह फैलाएका हुन ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णुरि रिमालले केहीबेर अघि तस्विर नै सार्वजनिक गरी प्रधानमन्त्री ओली आइसोलेशनमा नरहनु भएको प्रष्ट पार्नुभएको छ ।

‘प्रधानमन्त्रीज्यू आइसोलेशनमा हुनुहुन्न, प्रचारित समाचार भ्रमपुर्ण छ,’ रिमालले भन्नुभएको छ ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३० ओटा बिशेष निर्णय गरेको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज पत्रकार सम्मेलन गरी कोरोना नियन्त्रणका लागि गरिएको निर्णय सार्वजनिक गर्नुभएको हो ।

मन्त्री गुरुङका अनुसार कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि आवश्यक व्यवस्था मिलाउन प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र पहाडी र हिमाली जिल्लाको हकमा २०० र उपत्यका र काठमाडौं उपत्यकाको हकमा ५०० सङ्क्रमित संख्या पुगेमा २०७८ वैशाख १६ देखि बिहान ६ बजेदेखि लागु हुनेगरी १५ दिनसम्म लागू हुनेगरी सार्वजनिक आवागमन, बजार सञ्चालन तथा अन्य सबै किसिमको वस्तु र सेवाको आपूर्ति र सञ्चालनमा आवश्यक निषेध आदेश जारी गर्ने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारीले आवश्यकताअनुसार स्थानीय प्रशासन ऐन २०१८ ले दिएको अधिकार समेत प्रयोग गर्ने भनिएको उहाँले जानकारी दिनुभयो ।

 


Last Updated on: April 29th, 2021 at 1:58 pm
८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया