आइतबार ०६ आषाढ २०७८

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरबाट माओवादीका केही नेतालाई एमालेमा प्रवेश गराइसकेका छन् ।

अझै ३० भन्दा बढी नेताहरु एमालेमा प्रवेश गर्ने तयारीमा रहेको प्रधानमन्त्री ओलीले आफू निकटस्थलाई बताएका छन् ।

प्रधानमन्त्री ओलीनिकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यू देशैभरिका ३० भन्दा बढी माओवादी नेताहरुको नामलिस्ट नै बोकेर बस्नुभएको छ ।

एमाले र माओवादी विभाजित भएपछि संसदीय सरकारमा मन्त्रीसमेत बनेका रामबहादुर थापा,

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी, दाबा लामा एमालेमा प्रवेश गरिसकेका छन् ।

माओवादीले कारवाही गरेपछि प्रधानमन्त्री ओलीले उनीहरुलाई पुनः मन्त्री बनाएका छन् ।

पूर्वएमालेका त्यागी नेताहरुलाई अवसर नदिएर भए पनि ओलीले नवप्रवेशीहरुलाई सत्तामा प्रथामिकता दिएका छन् ।

काठमाडौं बाहिर प्रदेशस्तरमा पनि माओवादीबाट एमालेमा प्रवेश गर्ने क्रम देखिएको छ ।

पाँचथरका पुराना माओवादी नेता एवं पूर्वराज्यमन्त्री श्रीप्रसाद जबेगू एमालेमा प्रवेश गरेका छन् ।

ताप्लेजुङका माओवादी नेता एवं प्रदेश सांसद टंकबहादुर आङबुहाङ एमालेमा प्रवेश गरेर प्रदेश १ को अर्थमन्त्री बनेका छन् ।

त्यस्तै प्रदेश २ बाट पनि माओवादीका चारजना प्रदेशसभा सदस्यहरु एमालेमा प्रवेश गरेका छन् । माओवादीले चारैजनालाई सांसदबाट कारवाही गरेको छ ।

प्रदेश २ मा माओवादीका ११ सांसद रहेकोमा अब ७ जना बाँकी छन् ।

लुम्बिनी प्रदेशमा पनि माओवादीका दुईजना सांसदहरु एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई पनि पार्टीले निष्कासनको कारवाही गरिसकेको छ ।

माओवादी सांसदहरु दधिराम न्यौपाने र दिनेश पन्थी एमालेमा प्रवेश गरेसँगै उनीहरुको सांसद पद गुमेको छ ।

 


Last Updated on: April 25th, 2021 at 7:05 pm
१२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया