शुक्रबार ०४ आषाढ २०७८

काठमाडौं

नेपाल भारतबीचको सीमा विवाद उत्कर्षमा पुगेको छ । नेपालको सीमा मिच्दै आएको भारतले अहिले अतिक्रमित भूमिमा बाटो बनाउनेदेखि आफ्ना राजनीतिक नक्सामा पनि समेट्न थालेपछि दुई देशबीच विवाद बढेको हो ।

तर, यही विवादका बीच नेपालमा भनिँदै आएको ‘नेपालको राजनीतिक परिवर्तनमा भारतको खेल’ भन्ने चर्चालाई एक भारतीय पूर्वसैनिकले पुष्टि गरेका छन् ।

केही दिनयता लगातार भारतीय सञ्चार माध्यममा छाइरहेका भारतीय सैनिकका पूर्व मेजर जनरल गगन दीप बक्शी (जीडी बक्शी)ले भारतले नेपालको माओवादीलाई समर्थन गर्दै सत्तामा पु¥याउनेदेखि अन्य राजनीतिक परिवर्तनमा खेलेको भूमिकाको कारण अहिले भारतलाई नै अप्ठ्यारो पारेको बताएका छन् ।

भारतकै छत्तिसगढमा माओवादीले दुःख दिइरहेका बेला भारतले नेपालको माओवादीलाई समर्थन गरेर कम्युनिष्टलाई सत्तामा पु¥याउने, राजनसंस्था र हिन्दू राष्ट्र हटाउने कार्य गलत रहेको अहिले पुष्टि भएको पूर्व मेजर जनरल बक्शीले आफ्नो अन्तर्वार्ताहरुमा बारम्बार दोहोर्‍याइरहेका छन् ।

मुलुकमा १० वर्ष माओवादी सशस्त्र संघर्ष हुँदा नेकपा माओवादीका शिर्ष नेताहरु भारतमै रहेका भनिने गरिएको छ । साथै तत्कालीन सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे सहमति पनि भारतमै भएको
थियो ।

अर्नव गोस्वामीले सन्चालन गरेको सो कार्यक्रममा नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछिको अवस्थाको बारेमा बहस थियो ।

सो क्रममा उनले “हिन्दु राजालाई ‘डिस्ट्रोय’ गरेर माओवादीलाई समर्थन गरि वामपन्थीलाई सत्तामा आउन सहयोग गरेपछि चिनिया प्रभाव बढेको” टिप्पणी गरेका
हुन् ।

उनले सो कर्मलाई भारतको आ-त्म घा-ती गोल भनेका छन् । नेपालमा सशस्त्र यु-द्ध घोषणा गरेको माओवादी आन्दोलनलाई भारतको साथ दियो भन्ने खुल्दै आएका बेला पूर्व मेजर जनरलको भनाइृले त्यसलाई थप पुष्टि गरेको कतिपयको बुझाई छ ।

उनको भनाईबारे तत्कालिन माओवादीका नेताहरुले कुनै जवाफ दिएका छैनन् ।

 


Last Updated on: April 22nd, 2021 at 9:52 pm
२७० पटक हेरिएको

तपाईको प्रतिक्रिया