शुक्रबार ०४ आषाढ २०७८

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अहिले सरकारलाई जोगाउने कसरतमा लागेका छन् । माओवादी केन्द्र र जसपाको एक धारले पटकपटक उनको राजिनामा माग्दै आएको छ ।

नेकपा एमालेकै माधव नेपाल पक्ष पनि उनीसँग असन्तुष्ट भएर समानान्तर समितिहरु बनाइरहेको छ । यसैबीच, वर्तमान परिप्रेक्ष्यमा बलियो र निर्णायक शक्तिका रुपमा देखिएको नेपाली कांग्रेसमा पनि दुई धार देखा परेको छ ।

सभापति शेरबहादुर देउवा ओलीसँगै सहकार्य गरेर चुनावमा जान चाहान्छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष नेकपा माओवादीसँग सहकार्य गरी ओली सरकार तत्काल ढाल्ने मनसि्थतिमा देखिएको छ ।

youtube.com/watch?v=X5cLQgNVZh0
देउवाको चाहाना भने फरक देखिन्छ । प्रधानमन्त्री ओलीकै नेतृत्वमा जतिसक्दो चाँडो चुनाव गराएर आफ्नो सरकार बनाउने दाउमा सभापति देउवा छन् ।

उनले चुनावमा हुने सम्भावित धाँधली रोक्न गृह मन्त्रालय आफूसँगै लिएर ओली सरकारमै सहभागी भएर चुनाव गराउने विकल्पमा पनि छलफल गरिरहेको स्रोतको दाबी छ ।

देउवा पार्टीमा आफू कसरी बलियो हुने र आउने महाधिवेशनमा कसरी सभापतिको पद जोगाउने भन्ने कुरामा चिन्तित रहेको र सोहीअनुसार आगामी कदम चाल्ने मुडमा देखिन्छन् । देउवा यस्तै सोचिरहेको कांग्रेस वृतमै चर्चा हुने गरेको छ ।


Last Updated on: April 22nd, 2021 at 9:15 pm
२०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया