आइतबार ०६ आषाढ २०७८

काठमाडौं

नेकपा एमालेको फुट जोगाउन अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको
छ ।

नक्शालस्थित होटल मेरिअटमा दुई नेताबीच भेटवार्ता सुरु भएको हो । भेटमा एमालेको एकता जोगाउने सुत्रबारे छलफल चलिरहेको बुझिएको छ ।

भेटवार्ताको वातावरण योगेश भट्टराईले गरेका हुन् । उनले आज दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।

दुई नेताबीच सेतुको भूमिका निभाएर भट्टराईले आफ आफ्नो कदमबाट ब्याक बनाउने प्रयास गरेका हुन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले माधव नेपालसहित २७ सांसदलाई पदमुक्त गर्न प्रक्रिया चाल्दा त्यसलाई रोकेर एकता जोगाउन अन्तिम प्रयासस्वरुप यो भेटलाई लिइएको छ ।

 


Last Updated on: April 21st, 2021 at 9:36 pm
१४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया