शुक्रबार ०४ आषाढ २०७८

काठमाडौं

नेकपा (एमाले) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । हिजोमात्रै अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र झलनाथ खनालसहित प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए ।

अध्यक्ष ओलीले ‘तपाईहरुलाई किन कारबाही नगर्ने ?’ भन्दै स्पष्टीकरण सोधेका थिए ।

उनले दुई दिनभित्र लिखित जवाफ पेश गर्न र पार्टीमा फर्किन चेतावनीसमेत दिएका थिए । लगत्तै, नेपाल पक्षधर सांसदहरु आन्तरिक छलफलमा जुटेका थिए ।

उनीहरुले ओलीले सोधेको स्पष्टीकरणको जवाफ व्यक्तिगत रुपमा दिने निश्कर्ष निकालेका थिए । र, नेपाल पक्षले आवश्यक परे कानूनी प्रक्रियामा पनि जाने बताईसकेको छ ।

अध्यक्ष ओली आक्रामक रुपमा प्रस्तुत भएका छन् । कतिपयले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको र उक्त प्रस्तावमा नेपाल पक्षधर सांसदहरुले कर्णालीमाजस्तै फ्लोर क्रस गर्ने सूचना पाएकोले माधव नेपाल पक्षधर सांसदहरुलाई कारबाही गर्न स्पष्टीकरण सोधिएको पनि टिप्पणी गरेका छन् ।

यही सेरोफेरोमा माधव नेपाल पक्षधर सांसद योगेश भट्टराईले आज प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको खुलेको छ ।

स्रोतकाअनुसार बालुवाटारमा भएको करिब एक घण्टाको भेटवार्तामा सांसद भट्टर्राले कारबाही नगर्न र पार्टी एकताबद्ध बनाएर लैजान आग्रह गरेका थिए ।

उता, माधव नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक भने बानेश्वरमा जारी छ । उनीहरु आजै अदालत जाने तयारीमा छन् ।

 


Last Updated on: April 21st, 2021 at 8:52 pm
१४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया