आइतबार ०६ आषाढ २०७८

काठमाडौं

नेकपा एमाले विभाजनको उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता शुरू भएको छ ।

नागपोखरीस्थित होटल मारियटमा अर्थमन्त्री विष्णु पौडेलसहितको वार्ता शुरू भएको हो ।

आजमात्र योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेटेर माधव नेपालसँग निर्णायक संवाद गर्न सुझाव दिएका थिए ।

उनले नेताहरुबीच सकारात्मक संवाद हुने अपेक्षा व्यक्त गरेका थिए । नेपाल प्रेसबाट साभार

यो समाचार पनि पढ्नुहोस्
काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

भट्टराईले अध्यक्ष ओलीलाई भेटेर उदार मनका साथ सबै नेताहरूलाई समेटेर अघि बढ्न आग्रह गरेको स्रोतको भनाई छ ।

भट्टराईले प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमालेलाई एकताबद्ध राख्न अध्यक्ष र दलको नेताको हिसाबले ओलीको भूमिका महत्वपूर्ण रहने भएकाले विगतका तीतामीठा भुलेर वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग संवाद गर्न आग्रह गरेका हुन् ।

आफुले पार्टी अध्यक्षलाई भेटेर एमालेलाई एकतावद्ध बनाउने हिसाबले भूमिका खेल्नु र त्यसमा आफ्नो साथ सहयोग हुने भनेको भट्टराईको भनाई छ ।

अध्यक्ष ओलीसामु एमालेको विभाजनबाट प्रतिक्रियावादीमात्र खुसी हुन्छन्, जनता निरास बन्छन् भन्ने कुरा राखेको उनले बताए ।

 


Last Updated on: April 21st, 2021 at 8:17 pm
१३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया